दाङको लमहीमा ‘सरायँ नाच तथा खड्ग जात्रा’

सरायँ नाचको प्रचारप्रसारले धार्मिक शक्तिपिठको थप, विकासमा सहयोग पुग्ने र पहिचान बोकेको सँस्कृतिको प्रचार हुने

2019-10-13


शिवु खनाल


दाङ, २६ असोज  दाङको लमहीमा सरायँ नाचा तथा खड्ग जात्रा निकालिएको छ । प्रत्येक वर्ष झै परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाचा तथा खड्ग जात्रा यस वर्ष पनि दाङको लमहीमा निकालिएको छ । पन्ध्रौं कोजाग्रत पूर्णिामाको दिन दाङ सहित देशैभर सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो । यस्तै २०६८ साल कालिका भगवती मन्दिरको स्थापना भएदेखि परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाचा तथा खड्ग जात्रा यस वर्ष पनि निकालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्ताप्रसाद पाण्डेले बताउनुभयो । निर्माण गरिएको मन्दिरमा अहिले ८ बर्ष भयो सराय निकाल्दै गरेको । लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित कालिका भगवती मन्दिरमा पुजापाठ गरेर हातमा आलम, खुडा, फुलपाति लिई बजार परिक्रमा गर्दै सरायँ नाचा तथा खड्ग जात्रा निकालिएको छ ।


सरायँ नाचा तथा खड्ग जात्रा पन्ध्रौं दिन कोजाग्रत पूर्णिामाको दिन निकालिने प्रचलन रहेको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्ताप्रसाद पाण्डेले बताउनुभयो । सबैभन्दा बढि अर्घाखाँची र गुल्मि जिल्लामा सरायँ नाचा र खड्ग जात्रा निकालिने गरेको छ, अध्यक्ष पाण्डेले भन्नुभयो,–। विशेषगरी सरायँ नाचा तथा खड्ग जात्रामा आलम, खुडा, तरवार लगायतका हातहतियारको शक्ति प्रदर्शन गर्ने गरिन्छ ।,


सरायँ नाच नेपालका केहि पश्चिमि जिल्लामा मात्र नाच्ने गरिन्छ । सरायँ नाचा, खड्ग जात्रा र शक्तिपिठमा हेर्नकै लागि गाउँ घरबाट बसाईसराइ सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कने गरेको कालिका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विष्णु गैरेले बताउनुभयो । गैरेले भन्नुभयो,–। सरायँ नाचको प्रचारप्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने र हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुने उहाँको भनाइ छ ।


यस्तै आलम, खुडा, पुलपाति लिई लमही बजार परिक्रमा गरि सरायँ नाचा तथा खड्ग जात्रा निकालिएको छ । हाम्रो पूर्खाहरूले गरेको चलन चल्ती हो, अहिलेपनि त्यही रिति अनुसार चल्दै आएको र निरन्तर दिएको कोषध्यक्ष गैरेले बताउनुभयो । सरायँ नाचा तथा खड्ग जात्रा दाङ सहित देउखुरीको लमही, पिपरि, सिसहनिया, भालुवाङ, निकालिएको छ । यस्तै मन्दिरहरुमा बोका बलि दिने प्रचलन समेत रहेको छ ।।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ