सिरहामा साम्प्रदायिक दंगा : झडपमा १६ जना घाइते

2019-10-10

लहान - सिरहा नगरपालिका १२ सारस्वरमा दुई टोलवासीबीच झडप हुँदा १६ जना घाइते भएका छन् । दुई टोलवासी बीच धार्मिक विषयमा झडप हुँदा धारिलो हतियार प्रहार हुँदा चार महिलासहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नवटा टोल र मेनटोलका स्थानीयबीच भएको झडपमा र अधिकांशको शरिरमा धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक उमा शंकर प्रसाद यादवले बताए । घाइते मध्ये ९ जनालाई थप उपचारको लागि विराटनगर पठाइएको छ भने समान्य घाइते ७ जनाको जिल्ला अस्पताल सिरहामा उपचार गरिएको प्रहरी निरीक्षक यादवले बताए ।

झडप हुँदा दुवैपक्षले घरासयी हतियार भाला, वरसी जस्ता धारिलो हतियार प्रहार गरेको स्थानीय नुर आलमले बताए । विवादलाई साम्य बनाउन प्रहरीले दुवै टोलका स्स्थानीयलाई नियन्त्रण लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

झडपको मुख्य कारण
सारस्वरमा ५÷६ वर्ष पहिले हिन्दु र मुस्लिम समुदायवीच ठूलो विवाद भएको थियो । साउने सोमबारको दिन हिन्दु महिलालाई मुस्लिम समुदायका युवाहरुले अभद्र व्यवहार गरेको भन्दै विवाद भएको थियो । उक्त विवादले ठूलो रुप लिएपछि राजनीतिक दल, नागरिक अगुवा र प्रहरीले झगडा नियन्त्रणमा लिन सफल भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ