अर्घाखाँची जिप दुर्घटना : दशैं मान्न हिडेका बुवाआमा सहित ३ को मृत्यु, दुई छोरी सहित ६ घाइते !

2019-10-08

काठमाडौँ - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै लु १ ज ४३२९ नम्वरकोे जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका ५, दाङ्ग बस्ने ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीया श्यामकला खनाल रहेका प्रहरीले जनाएको छ । एक जना मृतक पुरूषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाकारी दिए ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को वीरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाइते भएक छन् । घाइते मध्ये अनिता खनाल, वीरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी र विन्दु खनाललाई सन्धिखर्क अस्पतालबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । अन्य घाइतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका घाइते विन्दु खनाल र अनिता खनाल मृतक दम्पत्ति घनश्याम र श्यामकलाकाका छोरीहरु हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ