नेदरल्याण्ड माथि नेपालको जित, करणको उत्कृष्ट अलराउण्डर प्रदर्शन !

2019-10-07

काठमाडौ - पाँच देश सम्मिलित टी–२० क्रिकेट शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले जित हात पारेको छ । जितका लागि नेपालले नेदरल्याण्डलाई चार विकेटले हरायो ।

नेपालको खेलमा करण केसी नायक बने । अन्तिम ओभरमा दुई छक्का र एक चौका हान्दै उनले नेपाललाई जिताए । अन्तिम ओभरमा १७ रन आवश्यक हुदाँ करण केसी र सोमपाल कामी क्रिजमा रहेका थिए । नेपालले गुमाउन लागेको खेलमा करणले नै फर्काएका हुन् । आजको खेलमा करणले चार विकेट पनि लिएका थिए ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले छक्का र चौकाको वषर्ा गरेका थिए । केवल १४ बलमा तीन छक्का र एक चौका प्रहार गरेका उनी ३१ रनमा अविजित रहे ।

अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका करणले दोस्रो बल डट खेले । तेस्रो बलमा उनले चौका निकाले भने चौंथो बलमा फेरि छक्का हान्दै स्कोर बराबरीमा ल्याएका थिए । पाँचौं बलमा उनले एक रन लिँदै नेपाललाई जित दिलाए ।

बलिङमा पनि करणको उत्कृष्ट प्रदर्शन रह्यो । उनले ३.३ ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिन सफल भए । करणलाई सन्दीप लामिछानेले बलियो साथ दिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर चार विकेट नै लिए ।

यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे ।

नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् र, १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो ।

तर थप ३६ जोड्दा सबै विकेट गुमायो । ओ’डाउडले ४३ रन बनाए । एकरम्यानले २९ र स्टलले २१ रन बनाए ।

 




थप समाचार


मेस्सीको ह्याट्रिकले शीर्ष स्थानमा उक्लियो बार्सिलोना, रियल मड्रिड लेभान्टेसँग हार्‍यो

मेस्सीको ह्याट्रिकले शीर्ष स्थानमा उक्लियो बार्सिलोना, रियल मड्रिड लेभान्टेसँग हार्‍यो

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इबरलाई ५–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। अर्को खेलमा रियल मड्रिड लेभान्टेसँग १–० ...

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई, को को बने विधागत उत्कृष्ट?

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई, को को बने विधागत उत्कृष्ट?

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि पहिलो पटक मछिन्द्र क्लबले जितेको छ। दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मनाङलाई १–० गोलले ...

अमेरिकामाथि ८ विकेटको जित, विश्व कीर्तिमान बनाउनबाट थोरैले चुक्यो नेपाल !

अमेरिकामाथि ८ विकेटको जित, विश्व कीर्तिमान बनाउनबाट थोरैले चुक्यो नेपाल !

काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ। ३६ रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ५.२ ...





ट्रेन्डिङ