कृष्णबहादुर महरा पक्राउ, रातो कारमा राखेर सिंहदरबार प्रहरी वृतमा ल्याइयो

2019-10-06

काठमाडौं - बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी पाएलगत्तै महरा बस्दै आएको सभामुख निवासमा पुगेको प्रहरी टोलीले महरालाई पक्राउ गरेको हो।

महरालाई प्रहरीले पक्राउ गरेर अनामनगर वैद्यखानास्थित महानगरिय प्रहरी वृत सिंहदरबारमा ल्याएको छ। उनलाई रातो कारमा प्रहरी वृतमा ल्याइएको हो। महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ परेका हुन। शुक्रबार मात्रै महराले आफुलाई बलात्कारको प्रयास भएको भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन। सोही आधारमा पक्राउ गरी थप अनुसन्धान गर्नका लागि प्रहरी जिल्ला अदालत काठमाडौं पुगेको थियो।

प्रहरीको उक्त निवेदनपछि अदालतले आज पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ