प्रवेश परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै केयूमा डिनको कार्यकक्षमा तालाबन्दी

2019-10-04

काठमाडौँ - एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस (केयू)का डिन डा. राजेन्द्र कोजूको राजीनामा र पुनः प्रवेश परीक्षाको माग गर्दै युवा चिकित्सकले तालाबन्दी गरेका छन् ।

प्रवेश परीक्षामा गम्भीर लापरबाही भएको, विद्युतीय उपकरणको जाँच नगरिएको, प्रश्नपत्र बाहिरिएको र समग्रमा गरिब तथा जेहेनदार विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै युवा चिकित्सक संघले डिन कार्यालयमा तालाबन्दी गरेको हो । कार्यालयको ढोकामा युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेत र विश्वविद्यालय समन्वय समितिका संयोजक डा. अच्युतप्रसाद भट्टले हस्ताक्षर गरेको मागपत्र टाँसिएको छ । उनीहरूले आवश्यक कारबाही गर्न विश्वविद्यालयका उपकुलपतिसँग मागसमेत गरेका छन् ।

सरकारले निजी कलेजलाई तोकेको शुल्कभन्दा बढी लाखौँ रकम लुट्न छुट दिएको, चिकित्सा शिक्षा आयोगको मर्मविपरीत विभिन्न मेडिकल कलेजलाई बिएस्सी नर्सिङ सञ्चालनका लागि अनुमति दिएको, नेपाल मेडिकल काउन्सिलको मापदण्डविपरीत मेडिकल कलेजको सिट निर्धारण गरेको, चिकित्सा शिक्षा आयोगको निर्देशनविपरीतको काम गरेको आरोप विद्यार्थीले लगाएका छन् । माग पूरा नहुँदासम्म डिन कार्यालयमा ताला लगाउने युवा चिकित्सक संघले जनाएको छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ