चिनियाँ राष्ट्रपतिको भ्रमण : यस्तो छ सुरक्षा तयारी !

2019-10-04

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ।

यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि 'जेड प्लस' सुरक्षा दिइएको थियो।

आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता दिएकी छन्। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणलाई विवादरहित र त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेकी छन्।

गृहमन्त्री बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै सेनाका उच्च अधिकारीलाई डाकेर राष्ट्रपति सीको भ्रमण सुरक्षामा कुनै त्रुटि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन्।

चीनबाटै चार वटा विशेष गाडी
उच्च स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणमा चीनबाटै चार वटा विशेष गाडी नेपाल ल्याउने तयारी चीनले गरेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत चीनले लबिङ गरिसकेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका उतैबाट सुरक्षाकर्मी ल्याइएको थियो। चीनले पनि राष्ट्रपति सीको भ्रमणको अग्रपंक्तिको कारगेडमा आफ्ना सुरक्षाकर्मी ल्याउने तयारी गरेको उच्च स्रोतले बतायो।

सरकारले राष्ट्रपति सीको भ्रमणमा चार वटा चुनौतीलाई केन्द्रित गरेर सुरक्षा योजना बनाइरहेको छ। स्वतन्त्र तिब्बतका नाममा हुनसक्ने विरोध, चीनले हालै पारित गरेको तर फिर्ता गरिसकेको चीन र हङकङवीचको सुपुदर्गी सन्धीलाई लिएर त्यसको विरोधमा हुनसक्ने गतिविधि र राष्ट्रिपतिमाथि हुनसक्ने सबै खालको सुरक्षा चुनौतीलाई लिएर समेत सुरक्षा योजना तयारी भइरहेको उच्च सुरक्षा स्रोतले बतायो।

‘विरोधमा प्रत्यक्ष कुनै पनि मुलुक अग्रपंक्तिमा नदेखिए पनि कसैलाई प्रयोग गरेर प्रदर्शन गर्न सक्छन्,‘ स्रोतले भन्यो,‘सबै पाटोलाई मूल्यांकन गरेर सुरक्षा योजना बनाइरहेका छौं।’

सी भ्रमणको दिन राजधानीमा सात हजार बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सरकारको छ। उच्च स्रोतले भन्यो, ‘जुन दिन भ्रमण हुन्छ, त्यो दिन लगभग अघोशित कर्फ्यु जस्तै हुन्छ।’

विरोध प्रदर्शनको विभिन्न स्वरुपमा समेत सरकारले विश्लेषण गरेको छ। ड्रोनमार्फत कालो बेलुन उडाएर प्रदर्शन गर्ने, कुनै गुम्बामा पुगेर आत्मदाहको प्रयास गर्ने, सवारी रुटमा भेला भएर कालो झन्डा देखाउने, भ्रमणलाई अतिरञ्जित पार्न ‘होक्स बम’ राख्ने लगायतका सम्भाव्य विरोधका गतिविधिलाई विश्लेषण गर्दै सुरक्षा योजना बनाइरहेको जानकारी स्रोतले दियो।

भ्रमणको अघिल्लो दिनदेखि भ्रमण अवधिभर प्रत्येक गुम्बा, सहरका भित्री कोर एरियामा व्यापक मात्रामा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरी हुनसक्ने चीन विरोधी गतिविधिको सूचना संकलन गर्ने तयारी सरकारको छ।

सीको सुरक्षाको अग्रपंक्तिमा नेपाली सेना, दोश्रो घेरामा प्रहरी र तेश्रो घेरामा सशस्त्र प्रहरीले पहरा दिने तयारी छ। आवश्यक्ता अनुसार राष्ट्रिय अनुसन्धान विभाग परिचालन गर्ने तयारी सरकारको छ।

सरकारले भ्रमण अवधिभर हाइप्वाइन्ट ड्युटी, हवाई गस्ती र पेट्रोलिङ, नाकामा कडाईसँगै अन्य गस्ती र चेकप्वाइन्टलाई कडाई गर्ने तयारी गरेको छ। सी भ्रमणको दिन सरकारले शैक्षिक संघसंस्था विदा दिने तयारी गरेको छ।

गृहसचिव प्रेम कुमार राईले चिनियाँ राष्ट्रपति चिनफिनको सुरक्षा प्रबन्ध चुस्त रुपमा मिलाइने बताए।

उनले भने, ‘हामी सबै खालको सुरक्षा दिन तयार छौं। हाम्रा सुरक्षा निकायहरूले आवश्यक तयारी गरिरहेका छन्। सुरक्षा व्यवस्थामा कुनै खालको त्रुटि हुन दिँदैनौ।’

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक