सी चिनफिङको भ्रमणले चीनसँगको सम्बन्ध थप उचाइमा पुग्छ : प्रधानमन्त्री

2019-10-04

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन्।

‘हामी कोहीसँग झुक्दैनौं, कतै ढल्कँदैनौं,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने, ‘नेपाललाई भूपरिवेष्टितबाट भूजडित, जलजडित, हवाईजडित र सञ्चारजडित बनाउन लागेका छौं।’ प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरेका छन्।

राष्ट्रपति सी आगामी २५ गते नेपाल आउने भनिए पनि कार्यतालिका बाहिर ल्याइएको छैन। भ्रमणको तयारी भने तीव्र रूपमा भइरहेको छ। सडक मर्मतदेखि सुरक्षा समन्वयसम्मको तयारी भएका छन्। दुईपक्षीय वार्तामा नेपालले राख्ने प्रस्तावबारे पनि छलफल जारी छ।

प्रधानमन्त्री ओलीले चीनसँग आफूले मित्रता अभिवृद्धिमा जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने स्पष्ट पारे। चीनका राष्ट्रपति सीको भेटघाटमा सरकार र जनस्तरको सम्बन्ध अभिवृद्धि हुने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले भने, ‘भ्रमणले पक्कै प्रतिफल प्राप्त होला। तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन। मित्रताको मूल्य सर्वाधिक हुन्छ।’

चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने पनि प्रधानमन्त्रीले बताएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। प्रधानमन्त्री ओलीले सीको भ्रमणको तिथि नतोकी छिट्टै हुनेमात्र बताए। नेकपाका अध्यक्षसमेत रहेका ओलीले चिनियाँ कम्युनिस्ट पार्टीसगँ सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’ मा गयो भनेर बदनाम गर्ने प्रयास भइरहेको बताए। केही समयअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ ताओले नेकपाका शीर्ष नेताहरूलाई प्रशिक्षण दिएका थिए। सो क्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच ६ बुँदे सहमति भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ