महराले बुझाए दोस्रो राजीनामा, सभामुखका लागि को-को छन् दाबेदार ?

2019-10-03

काठमाडौँ - सभामुख कृष्णबहादुर महराले महिलामाथि यौन दुव्र्यवहार प्रकरणपछि बुझाएको पहिलो राजीनामा उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकृत गरेपछि दोस्रोपटक राजीनामा बुझाएका छन् । छानबिन नसकिँदासम्मका लागि राजीनामा भन्ने व्यहोराप्रति आपत्ति जनाउँदै उपसभामुख तुम्बाहाम्फेले अस्वीकृत गरेपछि बुधबार भाषा सच्याएर दोस्रो राजीनामापत्र बुझाएका हुन् ।

‘छानबिन नसकिँदासम्म’ भन्ने शब्दावली हटाएको दोस्रो पत्र बुधबार बुझाए पनि मंगलबारकै मिति राखिएको छ । स्वकीय सचिवमार्फत मंगलबार बुझाएको पहिलो पत्रमा लेखिएको थियो, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताको आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

सच्चिएको दोस्रो राजीनामापत्र उपसभामुखलाई पुगेपछि संसद् सचिवालयले बुधबारै सूचना प्रकाशित गरी महराको राजीनामाबारे औपचारिक जानकारी गराएको छ । महराको राजीनामापछि उपसभामुख तुम्बाहाम्फेले सभामुखको जिम्मेवारी सम्हाल्ने सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । नयाँ सभामुख चयन प्रक्रिया भने आगामी संसद् अधिवेशन खुलेपछि मात्रै हुने उनले बताए ।

सभामुखका लागि को–को छन् दाबेदार ?
तत्कालीन एमाले र माओवादीबीच भागबन्डा हुँदा माओवादीबाट कृष्णबहादुर महरा सभामुख र एमालेबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख चयन भएका थिए । महराको राजीनामासँगै रिक्त सभामुख पदको जिम्मेवारी स्वतः उपसभामुख तुम्बाहाम्फेलाई गएको छ । तर, अब नेकपाले सभामुखमा नयाँ पात्रको खोजी गरे उपसभामुख नेकपाबाहिर कुनै पार्टीको भागमा पुग्छ । तुम्बाहाम्फेलाई नै सभामुख बनाए पनि उपसभामुख नेकपाबाहिर पुग्ने निश्चित छ ।

संविधानले नै सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने व्यवस्था गरेको छ । तर, नेकपाभित्र पूर्वमाओवादी पक्षले तुम्बाहाम्फेलाई सभामुखमा अस्वीकार गर्ने संकेत गरेको छ । महरा पूर्वमाओवादीबाटै सभामुख भएकाले फेरि यही पक्षको जोडबल छ । पूर्वसभामुख ओनसरी घर्ती, नेता देव गुरुङ र अग्निप्रसाद सापकोटा दाबेदार देखिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ