जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा

2019-10-02

जनकपुर - जनकपुर अञ्चल अस्पतालमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ। आयोगको बर्दिवासस्थित कार्यालयबाट पुगेको टोलीले जनकपुर अञ्चल अस्पतालमा छापा हानेको हो।

आयोगका बर्दिवास कार्यालयका प्रवक्ता हरिप्रसाद शर्माले कार्यालयमा परेको उजुरीको आधारमा अख्तियारको टोली अनुगमनका लागि अस्पतालमा छापा मारेको जानकारी दिए। अस्पतालमा विभिन्न उपकरण खरिदसहित अन्य कतिपय शीर्षकमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारले छापा हानेको बताइएको छ।

अख्तियारको टोलीले छानबिनका लागि अस्पतालबाट केही फाइलहरु समेत नियन्त्रणमा लिएको छ भने टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा नागेन्द्र यादवसहित डा जामुन सिंह, डा कुलदिप पण्डित, लेखा अधिकृत लगायतका कर्मचारीहरुसँग झण्डै तीन घण्टा सोधपुछ गरेको थियो। साथै अख्तियारको टोली अस्पतालको स्टोर शाखामा पुगेर समेत जानकारी लिएको बताइएको छ।

अस्पतालका महंगा उपरकरणका साथै टेबल, कुर्सी लगायतका फर्निचर खरिदमा अनियमितता भएको भन्दै दर्ता भएको उजुरीको आधारमा अख्तियारले छापा हानेको बुझिएको छ।

अस्पतालमा नियमविपरित कर्मचारी भर्ना गरिएको भन्दै पटक-पटक विरोध भएको थियो। नियमविपरीत भर्ना गरिएका कर्मचारी हटाउन प्रदेश सरकारले निर्देशनसमेत दिएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ