बढी लिएको शुल्क फिर्ता नगरेपछि चितवन मेडिकल कलेज बिरुद्ध फेरी आन्दोलन

2019-10-01

चितवन - चितवन मेडिकल कलेज विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न तयार नदेखिएको भन्दै विद्यार्थी पुनः आन्दोलित भएका छन् । कलेजले विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन विषयमा गठित अध्ययन समितिले सोमबारसम्मका लागि समय थप गरेको थियो । तर, यसबीचमा कुनै प्रगति नभएको भन्दै विद्यार्थीहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चाडबाडको समय आएकाले आगामी २७ असोजबाट पुनः आन्दोलन थाल्ने विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । ‘अहिलेसम्म प्राप्त बिल भर्पाई हेर्दा सात लाखदेखि २० लाखसम्म अतिरिक्त रकम विद्यार्थीबाट असुलेको भेटियो,’ उनले भने, ‘क्याम्पस व्यवस्थापन अतिरिक्त रकम समायोजन गर्न तयार देखियो, तर फिर्ता गर्न तयार छैन ।’ कलेज व्यवस्थापनले शुल्क फिर्ता गर्नभन्दा पनि समायोजनमा बढी जोड दिएको अध्ययन समितिका सदस्यहरूको भनाइ छ । प्रारम्भिक अध्ययनमा शुल्क फिर्ता गर्नुपर्ने देखिए पनि थप अध्ययन गर्न आलटाल गरिरहेको विद्यार्थीहरूको आरोप छ ।

कलेजका व्यवस्थापक अरुण कोइरालाले केही वर्षअघिदेखिको सबै कागजात खोज्नुपर्ने भएकाले समय लागेको बताए । चाडबाडको समयमा अस्पतालमा अरूखाले व्यस्तता पनि भएकाले अध्ययनका लागि समय छुट्याउन नसकेको उनको भनाइ छ । कलेजसँग ५ असोजदेखि पठन–पाठन सुरु गर्ने सहमति जनाए पनि विद्यार्थीहरू पठन–पाठन र परीक्षामा सहभागी नभएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पताल व्यवस्थापन र विद्यार्थी दुवैबाट सहमतिको उल्लंघन भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्कबारे अध्ययन गर्न सात सदस्यीय अध्ययन समिति गठन गरी १० असोजसम्मका लागि समय दिइएको थियो । समितिका सदस्य जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत दिवाकर पौडेलले दुई शैक्षिक वर्षको मात्र बिल भर्पाइ पत्ता लागेको र त्यसअघिका पत्ता नलागेकाले अस्पताल व्यवस्थापन पक्षले केही समय बढी लाग्ने जानकारी गराएको बताए । थपिएको समयमा पनि कुनै उपलब्धि नभएको शुल्क अध्ययन समितिका संयोजक टेकप्रसाद चापागाईंले बताए ।

समयमै प्रतिवेदन तयार पार्न नसकेपछि आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा छलफल भएको थियो । त्यसक्रममा कलेज व्यवस्थापनले विद्यार्थीलाई शुल्क फिर्ता गर्न दिएको अन्तिम समयसीमा १८ कात्तिकभित्र जसरी पनि फिर्ता गर्ने भनेकाले अहिले नै हतारिनु नपर्ने भन्दै विश्वस्त बनाउने प्रयास गरेका थिए । तर, विद्यार्थीले तत्काल प्रतिवाद गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ