विप्लव कार्यकर्ताको कुटाइबाट गाउँपालिकाका अधिकृत सख्त घाइते

2019-10-01

मुगु - विप्लव समूह कार्यकर्ताको कुटपिटबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सख्त घाइते भएका छन्।सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा विप्लव समूहका कार्यकर्ताको कुटपिटबाट उनी घाइते भएका हुन्।

सुर्खेतको चिनगाड १ स्थायी घर भएका सोरु गाउँपालिकाका अधिकृत ३५ वर्षीय परशुराम उपाध्य सोमबार बिहान नौ जनाको समूहमा आएका कार्यकर्ताले कुटपिट गर्दा घटनास्थलमै बेहोस भएका थिए।

उपाध्यको टाउको र शरीरमा गहिरो चोट लागेको छ।उनलाई बचाउन जाँदा आफूलाई पनि मास्क लगाएका दुईजनाले कुटपिट गरेको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीले जानकारी दिए।

उपाध्यको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ।उनको टाउकोमा ११ वटा टाँका लागेका छन्। थप उपचारका लागि नेपालगञ्‍ज रिर्फर गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर शाहले बताए।उपचारका लागि गृह मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरबाट नेपालगञ्‍ज लैजाने तयारी भइरहेको शाहले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ