९ जना सहसचिवको सरुवा, कसको कहाँ ?

2019-09-30

काठमाडौं- सरकारले निजामती सेवाअन्तर्गत विभिन्न समूहका ९ जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषदको केही दिनअघिको बैठकले काज सरुवाको निर्णय गर्दै ती सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

संघीय सरकारले प्रदेश नं २ बाट ३ जना सहसचिवलाई काठमाडौं ल्याएको छ। उनीहरुको संवैधानिक आयोग तथा मन्त्रालयहरुमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ज्ञानेन्द्र पौडेलको सरुवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको छ। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक ध्रुव घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ। प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत किशोरजंग कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याइएको छ।

राष्ट्रिय दलित आयोगमा कार्यरत सहसचिव प्रल्हादप्रसाद सापकोटालाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ। यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव राजकुमार श्रेष्ठको सरुवा निर्वाचन आयोगमा भएको छ।

प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नवराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ। यही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत पुष्करनाथ घिमिरेलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ल्याइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव पद्मकुमार मैनालीको सरुवा सहरी विकास मन्त्रालयमा भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ