दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र बन्यो नेपाल

2019-09-30

काठमाडौं - नेपाल खुल्ला दिसामुक्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीको राष्ट्रिय सभामा आयोजित एक कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। यससँगै नेपाल दक्षिण एशियाकै खुल्ला दिसामुक्त पहिलो राष्ट्र बनेको छ। देशको पहिलो खुल्ला दिसामुक्त जिल्ला भने कास्की हो।

यसले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा एउटा खुड्किलो थपेको प्रधानमन्त्री ओलीले बताए। छिट्टै नै नेपाललाई सडकमानवमुक्त वा भिखारी मुक्त घोषणा गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आफू जेलमा परेका बेला जेलका शौचालयको अवस्था कस्तो थिए भन्ने पनि सम्झिए। उनले भने, ‘जेलको छेउमा एउटा शौचालय थियो। त्यसमा लाइन बसेर शौच विसर्जन गर्नुपर्थ्यो। पछि जेलको एउटा कोठामा शौचालय बनायौं। त्यहाँ पनि लाइन बस्नुपर्थ्यो। त्यस्तो अवस्थाबाट अहिले हामी देशलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने ठाउँसम्म आइपुगेका छौं।’

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा सबैभन्दा समस्या पक्की ट्वाइलेट बनाउन नसक्नु रहेको बताए। तैपनि कर्णाली खुल्ला दिशामुक्त बनेकोमा आशंका नगर्न मुख्यमन्त्री शाहीले आाग्रह गरे। उनले एक घर एक धारा पनि कर्णालीका सबै स्थानमा पुर्‍याउन नसकिएको स्वीकार गरे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ