यु-१८ साफ : बंगलादेशलाई हराउँदै भारतले जित्यो उपाधि

2019-09-29

काठमाडौं - यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराउँदै भारतले उपाधि जितेको छ। तीन रातो कार्ड देखाइएको तनावपूर्ण खेलमा इन्जुरी समयमा गोल गर्दै भारतले उपाधि जितेको हो। त्यसअघि पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए।

हल्चोक मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै बिक्रम प्रतापको गोलमार्फत भारतले अग्रता बनाएको थियो। ३८ औँ मिनेटमा बंगलादेशका यासिनले गोल फर्काउँदै खेल बराबरी गरेका थिए।

खेलको २३ औँ मिनेटमा भारतीय खेलाडीमाथि फोउल हुँदा मैदानमा तनावको स्थिति सिर्जना भएको थियो। दुवै टिमका खेलाडीहरु धकेलाधकेल गरिरहँदा रेफ्रिलाई अवस्था साम्य पार्न केही समय लाग्यो। जसमा रेफ्रिले बंगलादेश र भारतका एक–एक खेलाडीलाई रातो कार्ड देखाएका थिए।

गोलपछिको सेलिब्रेसनमा जर्सी सारेर टाउकोनेर लगेका बंगलादेशका कप्तान एसिन अराफतलाई रेफ्रीले पहँेलो कार्ड देखाएका थिए। त्यसअघि नै पहेँलो कार्ड पाएका उनी दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खान पुगे। तर लामो समय उनी मैदानबाट बाहिर निस्कन मानेनन्। बंगालदेशका खेलाडी र प्रशिक्षकले केही मिनेट रेफ्रीको निर्णयको विरोध गरे पनि अन्ततः उनी मैदानबाट बाहिरिएका थिए।

९ जनामा सीमित बंगलादेशी खेलाडीले अन्तिमसम्म सम्हालिएर खेले पनि इन्जुरी समयमा भने गोल खान पुगेको थियो। आइतबार नै भएको खेलमा भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो भएको छ। सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा माल्दिभ्स १–० ले विजयी भएको हो।

भारतले उपाधि जितेसँगै यु १८ साफमा नयाँ विजेता भएको छ। यसअघिका दुवै संस्करण नेपालले जितेको थियो। प्रतियोगिताकै सबैभन्दा सफल टोली नेपाल यसपटक समूह चरणबाट नै बाहिरिएको थियो।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको थियो। दोस्रो खेलमा भने नेपाल भुटानसँग ३–० ले पराजित भएको थियो।

२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले यसपटक घरेलु मैदानमा दर्शकको साथ पाए पनि सोचेअनुसार खेल्न सकेन। २०१७ को यु १८ साफमा समूह चरणमा भुटानसँग १–० ले पराजित भए पनि नेपालले उपाधि जित्न सकेको थियो। यसपटक भने भुटानसँगको हार नै समूह चरणबाट बाहिरिन पर्याप्त भयो।

त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु १८ का रुपमा प्रतियोगिता गर्न थालेको हो।




थप समाचार


इक्वेडर बिरुद्ध अर्जेन्टिनाको ६ गोल

इक्वेडर बिरुद्ध अर्जेन्टिनाको ६ गोल

काठमाडौं - मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो थिएनन् । पहिलो हाफमा दुई ...

टी-२० सिरिज : आयरल्यान्डसँग नेपाल १३ रनले पराजित

टी-२० सिरिज : आयरल्यान्डसँग नेपाल १३ रनले पराजित

ओमानमा भइरहेको पाँच देश सम्मिलित ट्वान्टी २० प्रतियोगिताको तेस्रो खेलमा नेपाल बुधबार पराजित भएको छ । आयरल्याण्डसँग भएको खेलमा नेपाल १३ रनले पराजित भएको हो। ...

टी-२० सिरिज : आयरल्यान्डले नेपाललाई दियो १४६ रनको चुनौती

टी-२० सिरिज : आयरल्यान्डले नेपाललाई दियो १४६ रनको चुनौती

मस्कट - ओमानमा जारी पेन्टागुलर टी–२० सिरिजमा आयरल्यान्डले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक