दुई पुस्ताबीचको सम्बन्ध !

2019-09-29

समाजमा प्रायः नयाँ र पुराना, किशोर-युवा र प्रौढ-बृद्ध, कनिष्ठ र वरिष्ठ वा जेठा र कान्छा अथवा ठुला र साना अर्थात् अघिल्ला र पछिल्ला दुईथरी पिंढी वा पक्षहरु बीचमा विवाद, संघर्ष वा अन्तर्विरोधहरु हुन्छन् ! ती अन्तर्विरोधहरु दुवै पक्षका स्वाभाविक अन्तर्विरोधी चरित्रका कारण उत्पन्न भएका हुनाले तिनमा केही मात्रामा एकले अर्कालाई विरोध, अवरोध र प्रतिरोध गर्दै निषेध गर्नेसम्मको चिन्तन र चरित्रको रुपमा विकास भएको पनि पाइन्छ ।

अघिल्लो पुस्ताले आफूले "मेरा साना दुखले आर्ज्याको मुलुक होइन" भनेझैं गरी वर्तमान स्थितिसम्म ल्याइपुर्याउनमा आफ्नो वा आफ्नो पुस्ताको मात्र भूमिका, लगानी र कुर्वानी देख्ने तर पछिल्लो पुस्ताको कुनै लगानी अहिले भएको पनि नदेख्ने र पछिपनी कुनै योगदान हुनसक्ने समेत नदेख्ने गरेर पछिल्लो पुस्ताको न्यूनीकरण र अवमूल्यन गर्दै उपेक्षा र अवरोध पुराउने अनि पछिल्लो पुस्ताले पनि अघिल्लो पुस्ताका दुखकष्ट, त्यागतपस्या र लगानीकुर्वानीलाई नजरअन्दाज गर्दै वर्तमान अवस्थाको सिर्जना सहज र स्वाभाविक रुपले भएको भनझैं गरी आफ्नो वा आफ्नो पुस्ताको मात्र शक्ति-भक्ती, योग्यता-क्षमता, लगानी-कुर्वानी र भूमिका-योगदान भएको र भविष्यमा अझै धेरै हुनसक्ने आत्मरती गरेर अघिल्लो पुस्ता र तिनका भूमिका र योगदानलाई सुनियोजित, सामूहिक र षड्यन्त्रपूर्ण रुपमा निषेध गर्न विशेष भूमिका खेल्ने गरेको विचित्र विडम्बना देखिन्छ ! पुरानो पुस्ताले नयाँ पुस्तामा अनुभवको कमीको बिल्ला भिराएर उसको नयाँ शक्ति, सीप, सकृयता, संघर्षशीलता र सक्षमताजस्ता ५ "स" जन्य गुणहरुमाथी आशङ्का र अविश्वास गर्दै नयाँबाट सावधान रहन फर्मान जारी गर्ने तथा नयाँ पुस्ताले पनि आफूहरु भौतिक-शारीरिक रुपले बलिस्ठ अनि नयाँ र आधुनिक प्रविधिले शिक्षित-दीक्षित र सुसज्जित भएको भनी "पुराना पात झर्ने र नयाँ पात पलाउने " प्राकृतिक नियमको दुहाइ दिंदै लाई पुरानालाई नयाँले निषेध गर्ने गर्छन् र गर्ने हो भन्दै रुखको जन्म, विकास र निर्माणमा पुराना पातहरुले गरेको योगदान ठूलो हुँदाहुँदै पनि उनीहरु काउरिंदै-चाउरिंदै र सुक्दै-झर्दै गैरहेको स्वाभाविक बहिर्गमनलाई नदेखेर तिनलाई हठात् र बलात् काटेर-फाँडेर सिद्धाउने गरेको वा गर्नखोजेको दुखद विडम्बना देखिन्छ !

हो, यदाकदा रुख कचल्टियो, समयानुकूल अपेक्षित विकास गर्न सकेन र युगको आवश्यकतालाई पूरा गर्ने गरी छहारी, फूल, फल वा काठ वा सुन्दरता दिन सकेन भने वा हस्किएर, ठस्किने अथवा हौसिएर ढल्ने-गल्ने हुदै गैरहेको अवस्थामा रुखविरुवालाई छप्टिन वा स्थिती हेरेर उखेलेर फाल्ने अथवा अन्यत्र सार्ने हुनसक्छ तर यसै अपवादपूर्ण विशेष नियमलाई सामान्यीकरण गरेर पुरानाजती सबैलाई छप्टिने, फाँड्ने, उखेलेर फाल्ने वा अन्यत्र सार्ने गरियो भने के होला ? यसको परिणामप्रती आँखा चिम्लँदा हुने क्षतिलाई सबैले ध्यान दिनु पर्दछ ! यसैगरी पुरानो रुखको तप्कनीले गर्दा प्रायः नयाँ बोटविरुवाहरु घामपानीबाट वन्चित हुन गई कचल्टिने हुनाले कथंकदा पुरानो, उमेर पुगेको र अनुत्पादक हुन थालेको रुखलाई ढाल्दा एकातिर फर्निचर, दाउरा जस्ता मूल्यवान् र उर्जावान् सामाग्रीको रुपमा सदुपयोग हुनसक्ने र अर्कातिर त्यो ठाउँमा धेरै नयाँ आधुनिक, कलमे र विकासे बिरुवा रोपेर छिटो, मीठो र धेरै उत्पादन गर्न सकिने विशिष्ट स्थितिलाई पनि नयाँ-पुराना सम्बन्धित सबै पक्षले ख्याल गर्नै पर्दछ भने यसै विशिष्ट अवस्थालाई आम बनाएर सबै पुरानालाई हठात् र बलात् फँडानी गरेर नयाँ वर्णशङ्कर बीउ छरेर एकसाल त राम्रो फसल भित्राउन सकिएला तर अर्को साल त्यो फसललाई बिउको रुपमा प्रयोग गर्न नसकिएर जमीन बाँझो हुने हास्यास्पद विडम्बना हुने कुरालाई पनि सम्बन्धित पक्षले हेक्का राख्नै पर्दछ ।

यी दुई पक्षहरु बीचको यस्तो अन्तर्विरोधलाई बुझ्ने र हलगर्ने वस्तुवादी, वैज्ञानिक, विवेकपूर्ण, वर्गीय, विशिष्ट, विधिसम्मत र व्यावहारिक अर्थात् ७ "व" सम्मत चेतना, चिन्तन र चरित्र हुनै पर्दछ । यी दुवै पक्ष र यिनका बिचका अनमेल वा अन्तरविरोधहरुलाई बुझ्दा यिन्लाई आपसमा अन्तर्विरोधी, विरोधाभाषपूर्ण र निषेधात्मक रुपमा मात्र बुझियो र हल गर्ने प्रयास गरियो भने त्यो आत्मघाती, विध्वंसात्मक र भष्मासुरे तरिका हुनपुग्दछ ! तर यी दुई पक्ष र यिनको बीचको यो अन्तर्विरोधलाई बुझ्दा यिनीहरु अन्तर्सम्बन्धित, अन्योन्याशृत, अन्तर्निर्भर/परस्परनिर्भर छन् ; यिनका बिचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ र कुनै एक पक्षको अस्तित्व र विकास कुनै अर्को पक्षको अस्तित्व र विकासमा आधारित रहेको हुन्छ । त्यसैले यिन्को आपसी सम्बन्ध दुस्मनीपूर्ण र निषेधात्मक नभएर नित्तान्त मैत्रीपूर्ण, सहकार्यात्मक र सहयोगात्मक हुन्छ र हुनैपर्दछ भनेर नै बुझ्नुपर्छ ! यसरी बुझियो भनेमात्र यो अन्तर्विरोधलाई सही ढङ्गले हल गर्न सकिन्छ अर्थात् दुवै पक्षले एक अर्काका सीमा र समस्या मात्र न हेरेर, क्षमता र भूमिका हेरेर सीमा र समस्यालाई हटाउन र क्षमता र भूमिकालाई यथोचित सम्झना र कदर गर्न सिक्नु र सक्नु पर्दछ ! यसरी र यसरी मात्रै समाज र आन्दोलन बैज्ञानिक र गुणात्मक रुपले बँचाउन र बढाउन सकिन्छ र सक्नुनै पर्दछ ।

लेखक नारायण शर्मा नेकपाका 'पुस्तक तथा अभिलेखालय विभाग'का प्रमुख हुन् ।




थप समाचार


एमसीसी कसरी पास गर्छौ र सरकार ?

एमसीसी कसरी पास गर्छौ  र सरकार ?

१. यो इन्डो प्यासिफिक रणनीतिको अङ्ग हो भने पार्टीको विगतको स्थायी समितिको बैठकले सर्वसम्मतबाट अस्वीकार गर्ने निर्णय गरेको छ र त्यसपछी पनि यो त्यसको अङ्ग ...

माओ दिवस : किन मनाउने ?

माओ दिवस : किन मनाउने ?

पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन ! तर पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरि बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ ! ...

प्रधानमन्त्री ज्यु ! 'कृषि क्रान्ति' तथा जनतालाई 'आर्थिक दासता'बाट यसरी मुक्त गर्न सकिन्छ !

प्रधानमन्त्री ज्यु ! 'कृषि क्रान्ति' तथा जनतालाई 'आर्थिक दासता'बाट यसरी मुक्त गर्न सकिन्छ !

लेखक :ओमप्रकाश न्यौपाने पूर्ब उप-सचीव शिक्षाप्रशासन समूह( मो .नं.9847984984) हेलो सरकार,प्यारा प्रधानमन्त्रीज्यू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु! रुसमा ...





ट्रेन्डिङ