धादिङमा बस दुर्घटना : पाँच जना घाइते

2019-09-29

धादिङ - धादिङकको नेत्रावती गाउँपालिका-५ मा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आइतबार बिहान साढे आठ बजे धादिङको नेत्रावती गाउँपालिका-५ केरुङ्जास्थित लापाङबाट सदरमुकाम धादिङबेशीतर्फ आउँदै गरेको बा४ख ५७९३ नम्बरको बस आफैँ अनियन्त्रित भइ सडकबाट केही मिटर तल खसेको थियो ।

दुर्घटनामा ३ महिला र २ पुरुष गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइतेमध्ये धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५ कटुञ्जे बस्ने ६४ वर्षीय दलबहादुर तामाङ, सोही ठाउँ बस्ने ४८ वर्षीय चन्द्र परियार भन्ने राजु परियार, ६० वर्षीया कान्छीमाया भन्ने सन्तमाया तामाङको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार ५५ वर्षीया हस्त कुमारी तामाङ र १९ वर्षीया लक्ष्मी तामाङ (गुरुङ)को अवस्था सामान्य छ ।

घाइते सबैलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल धादिङबेँसी ल्याइएको छ । बस चालक काठमाडौं महानगरपालिका-३ रामकोट बस्ने २६ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार

सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको

आइतवारको बैठकको संबिधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं- आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान