लघुवित्त बैंकर्स संघको चुनाव : अध्यक्षका लागि शर्मा र लम्सालको उम्मेद्वारी

2019-09-29

काठमाडौं - लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्सको चुनाव आज हुँदैछ । संघको नेतृत्वका लागि २ आकांक्षी देखिएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।

शर्मा हाल संघको उपाध्यक्ष रहेका छन् भने लम्साल महासचिव हुन् । शर्मा अघिल्लो अधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए । तत्कालीन कार्यवाहक अध्यक्ष रामचन्द्र जोशीले नै अध्यक्ष बन्ने इच्छा राखेपछि अर्को कार्यकालका लागि शर्मालाई सर्वसम्मत् अध्यक्ष दिने ब्याक हटाइएको थियो ।

जोशीको कार्यकाल पूरा भएपछि सर्वसम्मत अध्यक्ष बन्ने योजनामा रहेका शर्माविरुद्ध लम्सालले उम्मेद्वारी दिने तयारी गरेका हुन् । लम्सालले चुनावकै लागि भनेर सीईओहरुसँगको छलफललाई तीव्र बनाएका छन् ।

स्रोतका अनुसार ग्रामीण विकास बैंकका सीईओ पर्वत कार्कीले पनि अध्यक्षका लागि आकांक्षा देखाएका छन् । हाल सदस्य रहेका उनले उपाध्यक्षका लागि अध्यक्षको उम्मेदवार बन्ने हल्ला चलाएको चर्चा लघुवित्त बैंकर्सबीच चलेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ