ठुलो संख्यामा गाई मारिएपछि गौशाला बनाउन तातिए बाँकेका स्थानीत तह

2019-09-27

काठमाडौँ - बाँकेका स्थानीय तहका प्रमुख गौशला बनाउन स्वीकृति लिन काठमाडौं आएका छन् । उनीहरुले नेपालगन्जबाट दैलेख लैजाने क्रममा ठूलो संख्यामा गाई मरेपछि विवादमा आएपछि स्थानीय तहबाट गाईको व्यवस्थापनको लागि गौशाला निर्माण गर्ने सहमति गरेका थिए ।

जिल्ला समन्वय समिति साविकको जिल्ला विकास समितिमा रहेको विभिन्न कोषमा रहेको ७ करोड रकम समेत गौशाला निर्माणको लागि विनियोजन गर्ने निर्णय समेत उनीहरुले गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतलाई भेटेर गौशाला निर्माणको लागि स्वीकृति प्रदान गर्न ज्ञापन पत्र बुझाएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

जिल्ला समन्वय समितिका संयोजक अजयप्रसाद श्रीवास्तव, कोहलपुर नगरपालिकाका मेयर रावत, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल, जानकी गाउँपालिकाका बाँके अध्यक्ष रामनिवास यादव, खजुरा गाउँपालिका कार्यवाहक अध्यक्ष एकमाया विक (उपाध्यक्ष) लगायतले ज्ञापन पत्र बुझाए । राप्ती सोनारी गाउँपालिकाले गौशाला निर्माणको जग्गा उपलब्ध गराउने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका–११ बेतहनीमा रहेको काञ्जिहाउसबाट दैलेख लाने क्रममा दुई दर्जन गाई मरेका थिए । गाईले ट्राफिक व्यवस्था अस्तव्यस्त बनाएपछि नेपालगन्जबाट ५ वटा ट्रकमा राखेर ३७० वटा गाई दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवामा छोडिएको छ। यस क्रममा दुई दर्जन गाई मरेका थिए । गाई मरेको वा मारिएको भन्ने विषय छानविन नै भएको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ