अस्ट्रेलियाको राजधानी क्षेत्रमा अब कानुनी रुपमै गाँजा खान पाइने

2019-09-26

काठमाडौं - अस्ट्रेलियाको राजधानी क्षेत्रमा अब गाँजाको उपभोग खुला भएको छ। सन् २०१६ मा अस्ट्रेलियाले मेडिकल उपचारमा गाँजाको उपयोग खुला गरेको थियो।

अस्ट्रेलियाको संसदले राजधानी क्यानबेरा र राजधानी क्षेत्र (द अस्ट्रेलियन क्यापिटल टेरिटोरी–एसीटी) भित्र गाँजाको उपभोग गर्न पाउने विधेयक पारित गरेपछि अब राजधानी क्षेत्रभित्र गाँजाको व्यक्तिगत उपभोग गर्न पाउने बीबीसीले उल्लेख गरेको छ।

एसीटीका सांसदले बुधबार पारित गरेको विधेयक अनुसार अब राजधानी क्यानबेरा क्षेत्रभित्र कुनै पनि वयस्क व्यक्तिले ५० ग्रामसम्म गाँजा साथमा राख्न पाउने छन् भने घरमा चार वटासम्म गाँजाको बोट हुर्काउन पाउने छन्।

तर राजधानी क्यानबेरा क्षेत्रबाहिर भने गाँजाको मेडिकलबाहेक व्यक्तिगत उपभोग गर्नमा लगाइएको प्रतिबन्ध कायमै छ। तर पनि आज पारित विधेयक संघीय संसदबाट उल्टाउन भने सकिन्छ।

विश्वका क्यानडा, स्पेन, उरुग्वे लगायतका देश र क्यालिफोर्नियासहित अमेरिकाको केही राज्यमा व्यक्तिगत रुपमा गाँजाको उपभोग गर्न कुनै प्रतिबन्ध छैन।

अस्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार १४ वर्षभन्दा माथिका करिब ३५ प्रतिशत अस्ट्रेलियालीले आफ्नो जीवनकालमा कम्तीमा पनि एकपल्ट गाँजासेवन गर्ने गरेका छन्।

राजधानी क्यानबेरा क्षेत्रमा करिब ४ लाख बासिन्दा बस्छन्। यो क्षेत्रमा राजधानी क्यानबेरा सहर र यस वरपरका भूभाग पर्छन्।

आगामी जनवरी महिनाको ३१ तारिखबाट आज पारित कानुन लागू हुनेछ। तर बालबालिकाको छेउछाउ वा सार्वजनिक स्थलमा गाँजासेवन गर्न र बेचबिखन गर्न भने पाइने छैन।

गाँजा समर्थकहरूका अनुसार नयाँ कानुनले लागुऔषधका प्रयोगकर्ताको जोखिम घटाउने दाबी गर्छन् भने विरोधीहरु यसबाट गाँजासेवन गर्नेको संख्या ह्वात्तै बढ्ने बताउँछन्।

तर एसीटीले राज्यको मान्यता पाएको छैन। यसअघि पनि एसीटीले पारित गरेका कतिपय कानुन संघीय सरकारले उल्टाइदिएकाले यो कानुन पनि उल्टाइदिने सम्भावना रहेको छ। यसअघि सन् २०१३ मा एसीटीले समलिंगी विवाहलाई मान्यता दिएको कानुन सरकारले उल्टाइदिएको थियो।

गाँजासेवनमाथि प्रतिबन्ध हटाएका सांसदहरुले बुधबार यो कानुन संघीय सरकारले नउल्टाउने विश्वास व्यक्त गरेका छन्। तर उनीहरुले यसमा केही कानुनी जटिलता भने रहेको स्विकारेका छन्।

एसीटीको संसदमा महान्यायाधिवक्ता गोर्डन रामसेले आज पारित कानुनले कुनै पनि व्यक्तिले गाँजासेवन गर्दा संघीय कानुनअन्तर्गत पक्राउ पर्नबाट जोगाउन नसक्ने बताए।

छिमेकी राष्ट्र न्युजिल्यान्डले भने गाँजासेवन माथिको प्रतिबन्ध खुला गर्ने वा कायमै राख्ने भनेर अर्को वर्ष जनमत संग्रह गर्दैछ।




थप समाचार


सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा 'सर्प'

सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा 'सर्प'

काठमाडौँ - नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ चीन फर्कने तयारीमा रहँदै गर्दा एउटा अनौठो घटना भएको छ । सी को बिदाईका ...

विवाहपूर्व 'सेक्स' मा प्रतिबन्ध लगाउन खोज्दा यो अवस्था !

विवाहपूर्व 'सेक्स' मा प्रतिबन्ध लगाउन खोज्दा यो अवस्था !

काठमाडौं - इन्डोनेसियामा सरकारले ल्याएको एक विधेयकको विरोधमा व्यापक प्रदर्शन भएको छ।विवाहपूर्वकको यौनसम्बन्धका बारेमा रहेको कानुनी व्यवस्था संसोधन गर्न ल्याइएको विधेयकविरुद्ध इन्डोनेसियाका विभिन्न सहरमा प्रदर्शन ...

अमेरिकी गुप्तचरमा डल्फिन माछो, कति सफल कति असफल ?

अमेरिकी गुप्तचरमा डल्फिन माछो, कति सफल कति असफल ?

एजेन्सी - सन् १९४७ देखि सन् १९९१ सम्म शीतयुद्ध चलेको थियो। तत्कालीन सोभियत संघ र अमेरिकाबीचको भूराजनीतिक तनावमा सिंगो संसार नै यी दुई देशका खेमामा ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक