विवाहपूर्व 'सेक्स' मा प्रतिबन्ध लगाउन खोज्दा यो अवस्था !

2019-09-26

काठमाडौं - इन्डोनेसियामा सरकारले ल्याएको एक विधेयकको विरोधमा व्यापक प्रदर्शन भएको छ।विवाहपूर्वकको यौनसम्बन्धका बारेमा रहेको कानुनी व्यवस्था संसोधन गर्न ल्याइएको विधेयकविरुद्ध इन्डोनेसियाका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ।

विवादित विधेयकमा 'विवाह अघि यौनसम्बन्धलाई गैरकानुनी मानिएको छ।प्रस्तावित विधेयकमा गर्भपातलाई पनि गैरकानुनी ठहराएको छ। प्रहरीले इन्डोनेसिया संसद भवन अगाडी प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीका फोका र अश्रु ग्यास प्रहार गरेका छन्।अलग अलग ठाउँमा हजारौं प्रदर्शनकारीले सरकारविरुद्ध नारा जुलुस गरेका छन्।

प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ।प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा हानेपछि प्रहरीले पनि प्रदर्शन नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेको हो। कडा विरोध भएपछि विधेयक संसदमै रोकिएको छ। तर प्रदर्शनकारीहरु भने विधेयक पास हुने संभावना रहेको भन्दै विरोधमा उत्रिएका छन्।

संसद्‌मा मंगलबार उक्त प्रस्तावित कानुनमा मतदान हुने योजना थियो। तर राष्ट्रपति जोको विडोडोले त्यसमा थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रबारका लागि स्थागित गरिदिएका थिए। यसअघि देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने एउटा कानुन पारित गरेकाले पनि त्यहाँका मानिस आक्रोशित भएका हुन्।

एउटी महिलाले 'मेरो अंगमा सरकारको स्वामित्व छैन' भन्ने नारा लेखिएको पोस्टर बोकेकी थिइन्।

'भ्रष्टाचार नियन्त्रण गर्ने निकायसम्बन्धी नयाँ कानुन जनताको हितमा नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्‌तिर गएर विरोध गर्दैछौँ, 'पश्चिम जाभाका एक २१ वर्षीय विद्यार्थीले सामाचारसंस्था रोएटर्सलाई भनेका छन्।जकार्तामा सुरक्षाका लागि ५ हजारभन्दा बढी प्रहरीलाई खटाइएको छ।

विधेयकमा के छ ?

विधेयकमा विवाह अघि यौन सम्बन्धलाई अपराध मानिएको छ। यस्तो गरेको पाइएमा एक वर्ष जेल र सजायको प्रावधान राखिएको छ। विवाहअघि सँगै बस्ने, लिभ इन रिलेसन राख्नुलाई पनि अपराध मानेको छ।

यस्तो कसुरमा ६ महिना जेल सजाय हुने प्रावधान छ।राष्ट्रपति, उपराष्ट्रपति, धर्म, सरकारी संस्था तथा राष्ट्रिय प्रतिक र राष्ट्रगानको अपमान गर्नु गैरकानुनी मानेको छ।

यस्तै विधेयकमा गर्भपतनलाई दण्डनीय अपराध ठहराएको छ। बलात्कार र गर्भपतनलाई पनि अपराध ठानेको छ। यदि यस्तो गरिएको पाएमा ४ वर्ष जेल सजाय प्रस्ताव गरिएको छ।




थप समाचार


सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा 'सर्प'

सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा 'सर्प'

काठमाडौँ - नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ चीन फर्कने तयारीमा रहँदै गर्दा एउटा अनौठो घटना भएको छ । सी को बिदाईका ...

अस्ट्रेलियाको राजधानी क्षेत्रमा अब कानुनी रुपमै गाँजा खान पाइने

अस्ट्रेलियाको राजधानी क्षेत्रमा अब कानुनी रुपमै गाँजा खान पाइने

काठमाडौं - अस्ट्रेलियाको राजधानी क्षेत्रमा अब गाँजाको उपभोग खुला भएको छ। सन् २०१६ मा अस्ट्रेलियाले मेडिकल उपचारमा गाँजाको उपयोग खुला गरेको थियो। अस्ट्रेलियाको संसदले राजधानी क्यानबेरा ...

अमेरिकी गुप्तचरमा डल्फिन माछो, कति सफल कति असफल ?

अमेरिकी गुप्तचरमा डल्फिन माछो, कति सफल कति असफल ?

एजेन्सी - सन् १९४७ देखि सन् १९९१ सम्म शीतयुद्ध चलेको थियो। तत्कालीन सोभियत संघ र अमेरिकाबीचको भूराजनीतिक तनावमा सिंगो संसार नै यी दुई देशका खेमामा ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक