अमेरिकी गुप्तचरमा डल्फिन माछो, कति सफल कति असफल ?

2019-09-26

एजेन्सी - सन् १९४७ देखि सन् १९९१ सम्म शीतयुद्ध चलेको थियो। तत्कालीन सोभियत संघ र अमेरिकाबीचको भूराजनीतिक तनावमा सिंगो संसार नै यी दुई देशका खेमामा बाँडिएका थिए। सोभियत संघको जासुसी गर्नका लागि अमेरिकी गुप्तचर संस्था सीआईएले विभिन्न उपाय अवलम्बन गरेको थियो। पक्षी र जनावरलाई पनि जासुसीमा प्रयोग गर्नका निम्ति प्रशिक्षण दिएको थियो। हालसालै सीआईएले बिरालो, कुकुर, परेवा, काग, डल्फिन आदि जीवजन्तुमा शीतयुद्धताका गरिएका विभिन्न परीक्षणबारे दर्जनौँ फाइल सार्वजनिक गरेको छ।

सीआईएले बिरालोको शरीरभित्र अडियो डिभाइस राखेर परीक्षण गरेको थियो भने कुकुरको दिमागमा इलेक्ट्रिकल यन्त्र राखेर यसलाई रिमोट कन्ट्रोलले नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन भनेर परीक्षण गरेको थियो। उसले डल्फिनलाई जासुसीका लागि प्रयोग गर्न प्रशिक्षण दिएको थियो। मानव गोताखोरको सट्टा डल्फिनलाई प्रयोग गरेर शत्रु पक्षलाई हानि पु¥याउनेबारे अध्ययन गरिएको थियो। तर, जीवजन्तुलाई जासुसीमा प्रयोग गर्ने सीआईएको योजना त्यति सफल भएन। अधिकांश योजना बीचमै त्यागिएका थिए।




थप समाचार


पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ...

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

एजेन्सी - एक यात्रुवहाक विमानले आपतकालीन अवतरणका लागि उडिरहेका बेला एक विद्यालयको मैदानमा इन्धन खसालेको छ। विमान स्थलबाट २६ किलोमिटर पूर्वमा रेहेको एलिमेन्टरी विद्यालयमा इन्धन ...

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

एजेन्सी - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोबोटहरूको लागि अन्तरिक्षमा होटल निर्माण गर्ने निर्णय गरेकाे छ। याे हाेटल रोबोटहरूका लागि मात्र हुनेछ। यो 'रोबोट होटेल'का नामले परिचित ...




ट्रेन्डिङ