कृषि विकास बैंकको ह्याकिंगमा आफ्नै कर्मचारीको संलग्नता भेटियो

2019-09-25

काठमाडौं - कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बैंककै कर्मचारीको मिलेमतो देखिएको छ। कृषि विकास बैंक लहान शाखाका एक जना कर्मचारीको कम्प्युटरबाटै रकम अर्को खातामा पठाइएको भेटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए। 'बैंककै कर्मचारीको लगइन कोड मात्र होइन, कम्प्युटर पनि प्रयोग भएको छ,' निरौलाले भने।

यसरी स्विफ्ट ह्याक गरेर पठाइएको रकम १ करोड ५६ लाख रुपैयाँ बराबर भएको प्रारम्भिक जानकारी आएको भए पनि थप पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ। सो रकम २ करोड रुपैयाँभन्दा माथि नरेहेको समेत उनले स्पष्ट पारे।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्रका अनुसार कृषि विकास बैंकको लहान, धनगढी र सिराहाका शाखाको डेबिट खातामा ह्याकरले हिट गरेको देखिएको छ। ‘एकजना कर्मचारीले बैंकको जिएल (जनरल लेजर अर्थात् समरी सिट) सिस्टममा कसरी पहुँच पुर्‍यायो भन्ने कुरा हामी नै अचम्ममा परेका छौं,' मिश्रले भने, ‘एकजना कर्मचारीले ब्यालेन्स सिटमा डेबिट गरेर खातामा पैसा फ्याँकेको छ। तीन/चार जनाको नाममा बैंक खाता खोलेर बैंकको ब्यालेन्स सिट मै टच गरी नाफालाई व्यक्तिगत खातामा पठाइएको छ।'

‘हामीले आफ्नो पासवर्ड अरुलाई जानकारी नगराउनु भनेर पहिल्यैदेखि भन्दै आएका छौं। कर्मचारी त्यही नभएर त्यो कोड थाहा पाउने अर्को कर्मचारीले पनि गरेको हुनसक्छ,' प्रवक्ता निरौलाले थपे।

बैंककै एउटा कम्प्युटरबाट व्यक्तिगत लगइन भएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ