मर्जको प्रकृयामा सहकारी तेजस्वी र मातृभूमि मर्ज हुँदै

2019-09-22

दिवाकर पोख्रेल
देउखुरी, असोज। उदेश्य मिल्ने सहकारीको मर्जको नीति सरकारले अघि सारेसंगै सहकारी संस्थाहरु मर्जको प्रकृया शुरु हुन थालेको छ । सहकारी संस्था मर्ज हुँदा आर्थिक रुपमा पनि सम्पन्न् हुने हुँदा सहकारीले मर्जको प्रकृया थालेका हुन । दाङ देउखुरीमा पनि सहकारी संस्थाहरु मर्ज हुने प्रकृया शुरु भएको छ । विभिन्न उदेश्यका सहकारी संस्था मध्ये लमहीका दुइवटा बचत तथा ऋण सहकारी एक आपसमा मर्ज हुन थालेका छन् ।

लमही नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय स्थापना गरि गढवा गाउँपालिकाको शाखाबाट समेत बचत तथा ऋण सहकारी मार्फत सेवा पु¥याउृँदै आएको मातृभूमि बचत तथा ऋण सहकारी र लमही ३ बनगाउँमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्था एक आपसमा मर्जको प्रकृयामा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक फर्णधर ढकाले जानकारी दिनुभयो । दुइवटा सहकारी संस्थामा रहेको श्रोत साधनलाई प्रयोग गर्दा अझ शशक्त र प्रभावकारी रुपमा काम गर्न सकिने भएकोले दुइवटा सहकारी संस्थाले मर्जको प्रकृया अघि बढाएको उहाँको भनाइ छ ।

यि दुइ सहकारी संस्था मध्ये मातृभुमि बचत तथा ऋण सहकारी संस्थाले अघिल्लो हप्ता बार्षिक साधरणसभा सम्पन्न गरिसकेको छ । तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले पनि शनिबार बार्षिक साधरणसभा सम्पन्न गरेको छ । दुवै सहकारी संस्थाको साधरणसभाबाट मर्ज गर्ने निर्णय भइसकेकोले असोज महिना भित्र दुइवटा सहकारी संस्था मर्ज भएर सयुक्त रुपमा कारोबार गर्ने मातृभुमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोजराज भुसालले जानकारी दिनुभयो । सरकारले पनि सहकारीलाई मर्जको रणनीति ल्याएको छ, हामी सहकारी संस्थाका सदस्यहरुले पनि आवश्यकता देखेर त्यसकोृ थालनी गरेका छौ, उहाँले भन्नुभयो ।
दुइ सहकारी मध्ये मातृभुमि बचत तथा ऋण सहकारी संस्थाको चुक्त्ता पूँजीतीन करोड ९८ लाख र तेजस्वीको दुइकरोड ५० लाख रहेको छ ।
तेजस्वी बचत तथा ऋण सहकारीको साधरणसभा
देउखुरी ४ असोज । तेजस्वी बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधरणसभा एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जागमान खड्काको अध्यक्षता तथा मातृभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोजराज भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले सहकारी संस्था मार्फत भएका कामको प्रशशा गरेका थिए । सहकारी संस्था सहकारीको मुल्य मान्यताअनुसार चले मात्रै बास्तबीक सहकारी संस्थाको उदेश्य हाँसिल गर्न सहज हुने बत्ताहरुको भनाइ थियो ।
कार्यक्रममा शुभकामना मनतव्य दिनेहरुमा मातृभुमि बचत तथा ऋण सहकारी संस्थाका विकास रजौरे,तेजस्वी बचत तथा ऋण सहकारी संस्थाका केशव घिमिरे,बसन्त भण्डारी,गिरीजा चौधरी,बाजनता आधारभुत बिद्यालयका प्रधानाध्यापक रोहबर केसी,भिवहादुर बस्नेत लगायतले शुभकामना मनत्व्य ब्यक्त गर्नुभएको थियो । अध्यक्षले प्रगती प्रतिबेदन र कोषाध्यक्ष सिर्जन भट्टराइले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण व्यवस्थापक फर्णाधर ढकालले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी सहित विभिन्न ब्यतित्वलाई सम्मान गरिएको थियो । संस्थाको बार्षिक साधरणसभाले लमहीमा रहेको मतृभुमि बचत तथा ऋण सहकारी संस्थासंग मर्ज गर्ने निर्णय समेत गरेको संस्थाका व्यवस्थापक फर्णधर ढकालले जानकारी दिनुभयो । दुवै सहकारी संस्थाको साधरणसभाबाट मर्ज गर्ने निर्णय भइसकेकोले असोज महिना भित्र दुइवटा सहकारी संस्था मर्ज भएर सयुक्त रुपमा कारोबार गर्ने मातृभुमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोजराज भुसालले जानकारी दिनुभयो । दुइ सहकारी मध्ये मातृभुमि बचत तथा ऋण सहकारी संस्थाको चुक्त्ता पूँजीतीन करोड ९८ लाख र तेजस्वीको दुइकरोड ५० लाख रहेको छ ।




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ