म्याग्दीको कोटखोलामा बाढीले ५ घर बगायो, दुई बालिका बेपत्ता

2019-09-22

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति पुगेको छ।

त्यस्तै बुद्ध एकेडेमी विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ। विद्यालयको कक्षाकोठा बाढीले पूर्णरुपमा क्षति भएको छ। एक्कासी उर्लिएर आएको बाढीबाट बच्न भागाभाग गर्ने क्रममा दुई बालिका बेपत्ता भएको माया परियारले बताइन्।

घरभित्र बाढी पसेपछि भाग्ने क्रममा केही समान्य घाइते समेत भएका छन्। बगरफाँटमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। कोटखोलाले धार परिवर्तन गर्दा मानवीय र भौतिक क्षति भएको स्थानीयको भनाई छ।

यसैबीच जिल्लाको विभिन्न स्थानमा बाढीले क्षति पुगेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ