देशका मध्य र पूर्वी भागमा अझै वर्षाको सम्भावना

2019-09-22

काठमाडौँ - नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । “यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना रहेको छ”, उनले भनिन् । मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने छैन । छोटो समयमा हल्कादेखि मध्यम हुने मौसमविद्को भनाइ छ ।

राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पूर्वका पहाडी भेगका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जानसक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार

सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको

आइतवारको बैठकको संबिधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं- आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान

दैलेखमा कोरोनाले थप एक जनाको मृत्यु, ७ पुग्यो संख्या

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.

संविधान संशोधनलाई लिएर जसपाभित्र विवाद

काठमाडौ - संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा विवाद बढ्न थालेको छ। सरकार प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि जसपामा आन्तरिक विवाद बढेको हो। संविधान