'सी जिनपिङ विचारधारा विश्व व्यवस्थाको नयाँ ढोका’ : घनश्याम भुसाल

2019-09-22

काठमाडौँ - नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले सी जिनपिङ विचारधारा र बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)ले विश्व व्यवस्थाको नयाँ ढोका खोल्न सक्ने दाबी गरेका छन् । कार्ल मार्क्स जन्म द्विशतवार्षिकीद्वारा आयोजित ‘सी जिनपिङ विचारधारा र बिआरआईले के विश्व व्यवस्था बदलिँदै छ ?’ विषयक कार्यक्रममा बोल्दै भुसालले चीन दुई शताब्दीको लक्ष्य राखेर अघि बढिरहेको विश्लेषण गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनले सी जिनपिङ विचारधारालाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गरेको बताउँदै भुसालले भने, ‘पहिलो शताब्दी सन् २०२१ सम्म कम्युनिस्ट पार्टी स्थापना भएको अवधिमा पार्टीको अन्तरविरोधलाई कम गर्ने, आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय विकास बढाउने र गरिबी निवारण गरी औसत रूपमा समृद्ध मुलुक बनाउने भनिएको छ ।’

सन् ०४९ मा क्रान्ति भएको एक वर्षसम्ममा चीनलाई भौतिक, राजनीतिक, सांस्कृतिक, नैतिक र पर्यावरणीय हिसाबले उचाइमा पुर्‍याएर एउटा विकसित समाजवादी मुलुक बनाउने उद्देश्य बनाएको भुसालले विश्लेषण गरे । यसअघि चीनले ७० करोड जनसंख्यालाई निरपेक्ष गरिबीबाट माथि उठाएर ४ करोड जनसंख्यालाई सन् २०२१ सम्म गरिबीबाट माथि उठाउने लक्ष्य बनाएको छ । सीको कार्ययोजनाले चीनलाई पुँजीवादी नभई सामाजवादतर्फको यात्रामा निर्दिष्ट गरेको भुसालले जिकिर गरे । सोभियत मोडलको असफलतासँगै चीनको समाजवादी प्रयोग असफल भए चीन विश्व साम्राज्यमा पतन हुने दाबी गरे ।

‘चीन विश्व व्यवस्थामा गयो यो पश्चिमाले निर्देशित गरेको आर्थिक विश्व व्यवस्थाको भन्दा भिन्न रूपमा बिआरआई आयो,’ भुसालले भने, ‘यसलाई स्वीकार गर्नु चीनसँग आत्मसमर्पण गर्नु होइन सहकार्य गर्नु हो ।’ बिआरआई मुख्य रूपमा आर्थिक विस्तारको रूपमा आएकाले ट्रेड वार निम्त्याउन सक्ने भुसालले चेतावनी दिए ।

यस्तै, नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बिआरआईबारे नेपालका नीतिगत तहमा बसेका व्यक्तिहरूसमेत स्पष्ट हुन नसकेको बताए । अर्का स्थायी समिति सदस्य जनार्दन शर्माले सी विचारधारा पुँजीवादी अर्थ व्यवस्थाको विकल्पका रूपमा अघि सारिएको वैकल्पिक विचार भएको दाबी गरे ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ