गुरुङ चलचित्र ''फिच्यो''को सुटिंग धमाधम

2019-09-21

तमुगाउँ, लमजुङ - समुन्द्री सतह बाट १७०० मिटर माथि अवस्थित लमजुङको सुन्दर ठाउँ 'क्ल्हो सोथर गाऊँपालिकाको "तमु गाउँ" मा अहिले गुरुङ संस्कार र संस्कृतिमा आधारित चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को धमाधम सुटिङ चलिरहेको छ।

रेड ओसियन ईन्टरटेन्मेन्टकाे पहिलो प्रस्तुति रहेको यस फिल्मकाे लेखक तथा निर्देशक बहुप्रतिभासाली व्यक्तित्व बिकास घले गुरुङ हुन् भने मुख्य सहायक निर्देशक: साेम गुरुङ हुन् । यसैगरि छायांकन: प्रकाश गुरुङ (काश), संगीत: सन्ताेष श्रेष्ठ र गणेश गुरुङ, गितकार डा. धर्म राज उपाध्याय र केर सिङ गुरुङको रहेको छ भने गीतमा स्वर बहुचर्चित गायिका मेलिना राई, अन्जना गुरुड०, अभिनास यम.जि को रहेको छ ।
चलचित्रका निर्माताहरू शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक) रहेका छन् ।

विषयवस्तु र कथा-पात्रलाई सुक्ष्म रुपले केलाएर प्रस्तुत गर्ने निर्देशक घले गुरुङले यस चलचित्रमा पनि कथाले मागेकै अनुसारको लोकेसन र कलाकार छनौट गरेको दावी गर्दछन् ।

चलचित्रको मुख्य भूमिकामा विश्वास गुरूङ, ईन्द्र घले(काशी)का अलावा टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ , पेम्बा छिरिड० सेर्पा,सिर्जना गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्रलाई नेपाल र विश्व भरि छरिएर रहेका गुरुङ समुदाय बिच प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ