कात्तिकमा युवा वैज्ञानिक सम्मेलन गर्दै सरकार

2019-09-21

काठमाडौँ - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आगामी कात्तिक पहिलो साता अन्तर्राष्ट्रियस्तरको युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी सरकारी आयोजनामै हुन लागेको यो नै पहिलो वैज्ञानिक सम्मेलन हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा कात्तिक ४ देखि ६ गतेसम्म सम्मेलन गर्न लागिएको नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले जानकारी दिए । ‘समृद्धिका लागि अनुसन्धान र आविष्कार’ भन्ने नारासहित हुन लागेको सम्मेलनमा नेपालसहित विदेशी वैज्ञानिकसमेत गरी तीन सय युवा वैज्ञानिक सहभागी हुनेछन् ।

प्रविधिमा रुचि राख्ने, अध्ययन र अध्यापन गर्ने, अनुसन्धानकर्ता, वैज्ञानिक, उद्योगीका लागि अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ होस् भन्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको नास्टका प्रवक्ता डा. ढुंगेलले बताए । ‘सम्मेलनमा प्रख्यात वैज्ञानिक, आविष्कारकर्ताहरूले सम्बोधन तथा कार्यपत्र प्रस्तुत गर्ने र युवा वैज्ञानिकहरूको समेत प्रतिभा प्रस्फुटन हुने अपेक्षा छ,’ उनले भने ।

नाम दर्ता जारी, तीव्ररूपमा तयारी
नास्टले सम्मेलनमा सहभागी हुन चाहने वैज्ञानिकका लागि नाम दर्ता गरिरहेको र सम्मेलनको तयारीसमेत तीव्र रूपमा भइरहेको प्रवक्ता डा. ढुंगेलले बताए । ‘विज्ञान, प्रविधि र आविष्कारका विषयमा नेपाली युवाको रुचि बढाउन, जगाउन तथा प्रोत्साहन गर्न अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो,’ नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले भने, ‘सम्मेलनले नेपाली युवा वैज्ञानिकलाई अनुसन्धान र आविष्कारमा अझै प्रोत्साहन मिल्नेछ ।’

सम्मेलनमा स्वास्थ्य र औषधि, जल र ऊर्जा, खाद्य र कृषि, यातायात र पर्यटन, सञ्चार तथा सूचना प्रविधि, वन र वातावरण, जोखिम न्यूनीकरण, परम्परागत ज्ञान र प्रविधि, आधारभूत विज्ञान, नयाँ प्रविधि, अर्थ र व्यवस्थापन, नीति र दर्शनजस्ता विषय समेटिने नास्टले जनाएको छ ।

७० वटा प्रस्तुति
सम्मेलनमा ६० देखि ७० वटा ‘ओरल’ प्रस्तुति हुने प्रवक्ता ढुंगेलले बताए । सम्मेलनमा ओरल प्रस्तुति गर्न चाहनेले असोज ८ गतेभित्र नास्टमा नाम दर्ता गराउन आह्वान गरिएको छ । सरकारीस्तरबाट सम्मेलन आयोजना गरिए पनि सहभागीले शुल्क भने बुझाउनुपर्नेछ । नेपाली वैज्ञानिकले दुई हजार रुपैयाँ र विदेशी वैज्ञानिकले पाँच सय अमेरिकी डलर रजिस्ट्रेसन शुल्कका रूपमा बुझाउनुपर्ने नास्टले जनाएको छ । सो शुल्कबाट सहभागीका लागि किताब, सम्मेलनका सामग्री, बिहानको खाजा, खानासमेत आयोजकले व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ