संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री

2019-09-19

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। संसद‌्‌ भवन नयाँ बानेश्वरमा दिउँसो २ः३० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले हरेक महिनाको पहिलाे र तेश्राे साता संसद्‌मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएका हुन्। यसअघि प्रधानमन्त्रीले गत भदौ १ मा संसद‌्‌मा सम्बोधन गरेका थिए।

प्रतिनिधिसभा नियमावलीमा हरेक महिनाको पहिलाे र तेश्राे साता प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनुपर्ने स्पष्ट व्यवस्था भए पनि सोको नियमित कार्यान्वयन भने हुनसकेको छैन।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ को उपनियम १ मा भनिएको छ, 'प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछन्। तर, उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्नेछ।'

प्रधानमन्त्रीको आजको सम्बोधन समसामयिक विषयवस्तु तथा सरकारको कार्यसम्पादनमाथि सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञासामा केन्द्रित हुनेछ।

आजको बैठकमा शून्य तथा विशेष समयको कार्यक्रम भने हुनेछैन। सभामुख कृष्णबहादुर महराले अधिवेशन अन्त्यको तयारीबारे सदनमा सङ्केत गर्दै यसअघि नै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ