श्राद्धको अर्थ र औचित्यबारे केही कुरा : नारायण शर्मा

2019-09-18

"मात्रीदेवो भव: ! पितृदेवो भव: !! "
"माता यस्य गृहे नास्ती, भार्या च पृय वादिनिम् !
अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!"
- संस्कृत नीतिश्लोकहरु ।
"पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" ।
- बालकृष्ण सम ।

जीवित रहंदासम्म छोराछोरीहरुले पितामातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ती र आज्ञा पालन गर्ने अनि उहाँहरुप्रतिको आफ्नो धर्म-कर्तव्य पूरागर्ने जस्ता गौरवमय र अनुकरणीय मान्यता वा संस्कार-संस्कृती छन् हाम्रो पूर्वीय वाङ्ग्मय र परम्परामा ! उक्त श्लोकहरु यसै मान्यताका अभिव्यक्तिहरु हुन् !

पूर्वीय वाङ्ग्मयमा अर्थात् साहित्य, दर्शन, ईतिहास, वेद, पुराण, धर्म र संस्कार-संस्कृतिमा लिखित-मौखिक रुपमा पाइने विभिन्न कथा, कविता, नाटक, गीत, भजन, गाथा, अर्ति, उपदेस, उखान-टुक्का, वाणी र किंवदन्तिहरुमा पितृभक्ती, मातृभक्ती, गुरुभक्ती, देवभक्ती, वीरभक्तिका रुपमा असल, महान्, विद्वान, परोपकारी, गुनी, ज्ञानी, नैतिकवान, चरित्रवान्, त्यागी, योगी र कर्तब्यपरायण महात्माहरुको गरिमा र महिमा भरिपूर्ण रहेको पाइन्छ ! त्यति मात्र होइन, ती महान् नरनारीहरु निस्चित आस्था-निष्ठा, मूल्य-मान्यता, धर्म-कर्तब्य, नीति-विधि, नैतिकता-इमान्दारिता, वचनबद्धता-आज्ञाकारिता आदिप्रती प्रतिबद्ध, कटिबद्ध र पूर्ण समर्पित नै रहेको पाइन्छ र यसलाई उदात्तीकरण गरी उदाहरणीय, अनुकरणीय र गरिमामय बनाइएको पाइन्छ । रामचन्द्रको पितृभक्ती र आज्ञाकारिताका कारण न्यायले, नियमले, रोलक्रमले, परंपराले, जेष्ठता-वरिष्ठता आदि जम्मै कारणले आफूले राज्यारोहण गर्ने बेलामा रामचन्द्र १४ बर्षको लागी बनबास गएर सौतेनी आमाका छोरा भरतलाई सहर्ष राज्याभिषेक गर्न दिएकोले उनको यो कार्य र यसै कार्यका कारण रामकथा स्मरणीय छ र स्तुत्य मानिन्छ ! यसैगरी चाणक्यले आफ्नी आमालाई माया र श्रद्धा गर्ने सन्दर्भमा आफ्ना अघिल्ला दुई दाँतमा राजा हुने योग/लक्षण भएको र राजा भएमा आमालाई भुलिन्छ कि भनेर राजै नबन्ने तर जीवनभरी आमाको सेवासुसुश्रा गर्ने भनेर ती दुई दाँत नै फुकालेर विद्या आर्जन गरि विद्वत्ताको माध्यमबाट आमालगायत राजा, राज्य र सम्पूर्ण मानवजातिकै सेवा गरेको कथा पनि उल्लेखनीय छ ! यसैगरी हस्तिनापुरका राजा शान्तनुका छोरा देवव्रतले आफू राजा हुने अधिकार सुनिस्चित भएर पनि आफू राजाहुने ब्यवस्था हुँदासम्म आफ्ना बाबुले इच्छाएकी राजपुत्री सत्यवतीसङ्ग बाबुले विवाह गर्न नपाउने अवस्था हुंदा बाबुको इच्छा पूरा गराइदिन बरु आफू राजा नहुने मात्र होइन कि आफूले विवाह नै नगरी आजीवन ब्रह्मचर्यमा बसेर सन्तान पनि नजन्माई सौतेनी आमा सत्यवतीकै सन्ततिलाई राजाहुने बाटो सहज गरिदिएर त्यत्रो अनुपम त्यागद्वारा पितृभक्तीको अद्वितीय उदाहरण प्रस्तुत गरेको कथा पनि हाम्रो साहित्यमा छ ! यद्यपि पितामाताका इच्छा र चाहनाहरु त्यति स्वाभाविक र न्यायपूर्ण थिए-थिएनन्, त्यो बहसकै बिषय होला ! तैपनी ती सन्ततिहरुले गरेको त्यो सम्मानको विशेष अर्थ छ । त्यसैले पनि हाम्रो समाजमा हाल चलेको यस पितृपक्ष/श्राद्धपक्ष अर्थात् सोह्र श्राद्धका सन्दर्भमा यी कुराहरु विशेषरुपले स्मरणीय छन् !

साँच्चै भन्नू पर्दा आफ्ना पिता, मातालगायतका आदरणीय अग्रज र पूर्वज-पुर्खाहरुबिना यस धर्तीमा कसैको उदय/जन्म असंभव हुनेमात्र होइन, शृष्टिस्थिती नै नहुने हुन्छ । पिता-पुर्खाहरुकै प्रेरणा पाएर, उनीहरुबाटै जीवनदान, लालन-पालन, शिक्षा-दीक्षाको प्रबन्ध र प्राप्ती भएरै सबैका सबै सन्ततिहरु बाँचेका, बढेका र बिकास गरेका हुन्छन् । यसरी उनीहरु महान्, अमर, पूज्य, स्तुत्य र अविस्मरणीय समेत बनेका हुन्छन् ।

त्यसैले भनिन्छ इतिहास र पूर्वजका अनि वर्तमानका पनि विद्वान, वीर, नायक, महानायक आदि प्रतिभाशाली महापुरुषहरुका योगदान र सत्कर्महरुको संस्मरण, श्रद्धा, अवलम्बन र कार्यान्वयनबिना अर्थात् महान् कार्य र कर्ताहरुप्रतिको कृतज्ञता र आभारीबिना अनि ती सत्कार्यहरुको अनुशरण र कार्यान्वयनबिना वर्तमान र भविष्यको सार्थकता त हुदैन नै, साथै समुन्नत र सुखद जीवनका कल्पनाहरु पनि निरर्थक नै हुन्छन् ।

श्राद्ध भनेको श्रद्धाभक्तिको विधिद्वारा अर्थात् सत्यनिष्ठापूर्वक श्रद्धेय/पूजनीय महात्माहरुको सम्झना र सम्मानमा गरिने श्रद्धेय कार्य हो । जीवित मातापितादी महानुभावहरुलाई गरिने सम्मानलाई श्रद्धा भनिन्छ भने मृतक मान्यजन र महात्माहरुलाई गरिने सम्मानलाई श्राद्ध भनिन्छ । त्यसैले आधुनिक युगमा क्रान्तिकारीहरुले सम्मानित व्यक्तित्व वा नेतृत्वको मृत्युपस्चात् सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गर्दछन् ! स्पष्ट छ कि श्रद्धाले, श्रद्धापूर्वक, श्रद्धेय व्यक्तिको श्रद्धास्वरुप गरिने श्रद्धेय कार्य नै वास्तवमा श्राद्ध हो । यो श्रद्धाले गरिने शुद्ध कार्य भएकाले नै श्राद्धमा अश्रद्धेय अर्थान् नीच, पतीत वा अधम् व्यक्तिहरुलाई आमन्त्रण गर्नु नहुने मान्यता छ ! आफ्ना गुरु, पुरोहित, बन्धुवान्धव, इष्टभित्र, ज्वार्इँचेली, भान्जाभान्जी, नातागोता, छरछिमेकी आदि असल र सहोदर-सहयोगी जनमनहरुलाई आमन्त्रण गरेर यो कर्म गरिन्छ । श्राद्ध एउटा पर्व नै हो ता पनि यसमा अन्य पर्व वा उत्सवमा जस्तो खुसियालीपूर्वक धूमधाम गर्ने, बाजागाजा र शंखघण्ट बजाउने अनि धेरै भीडभाड भने गर्ने गरिन्न । किनकी, यो हर्षोल्लासको उत्सव नभएर दिवङ्गत बाबुआमाजस्ता महात्माहरुको हार्दिक स्मरण गर्ने र उहाँहरुले सन्तति, परिवार, राष्ट्र र समाजप्रति खेलेको भूमिका, निभाएको कर्तब्य, लगाव, समर्पण र दिएका योगदानहरुको गम्भीरता पूर्वक मनन गर्दै उहाँहरुप्रती आभारी भई कृतज्ञता प्रकट गर्दै उच्च श्रद्धा र भक्तिभाव व्यक्त गर्ने गम्भीरतम बेला हो ! त्यसैले होला भनिएको छ,

"श्रद्धया क्रियतेयत्र तच्छ्राद्धं परिकीर्तितम्’ अर्थात् पितृका लागि गम्भीरतापूर्वक श्रद्धाभक्तिसहित जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । ‘श्रत्, सत्यं ददातीति श्राद्ध’ भनी श्राद्ध शब्दको अर्थ गरिएको पनि यसै भएर हुनुपर्छ ।

यसको खास अर्थ हुन्छ "भित्री मनदेखि सत्यनिष्ठापूर्वक केही चीज कसैलाई दिनु श्रद्धा हो भने त्यसरी दिइने कार्य श्राद्ध हो ।

ऋग्वेदमा पनि यस्तै भनिएको छ :
"प्रियं श्राद्धे ददतः प्रियं श्राद्धे दिदासतः।
प्रियं भोजेषु यज्वस्विदं उदिते कृधिः।।"

अर्थात्, जुन वस्तु प्रेम र भक्तिपूर्वक कसैलाई श्रद्धाले दिइन्छ, भित्री हृदयदेखि नै श्रद्धा जागेर कसैलाई खुवाइन्छ वा अर्पण गरिन्छ, त्यो काम नै वास्तविक श्राद्ध हो। यसरी स्पस्ट छ कि श्रद्धाले गरिने कार्यादी मात्र नभै श्रद्धाले दिइने दानादी कार्यलाई पनि श्राद्ध भनिन्छ ! त्यसैले त श्राद्धमा दिवङ्गत पित्रीहरु ( आमाबुबा, बाजेबज्यै आदि मान्य र पूज्यजनहरुलाई भनी पिण्ड-तर्पण र बस्त्र-आभूषण आदि तिनै पित्रीहरुका नाममा समर्पण गरी दिइन्छ । यसक्रममा ब्राह्मण, गुरु-पुरोहित, चेलीबेटी, ज्वाइँचेला-भान्जाभान्जि र छरछिमेकी, इष्टमित्र र कन्याकुमारहरुलाई टिकादक्षिणा दिइन्छ र सात्विक भोजन गराइन्छ । अन्तमा मृतक पित्रीलाई दिइएको भनिएको पिण्ड पनि खोलामा सेलाएर जलचरहरुलाई खान दिइन्छ !

श्राद्ध भनेको भक्तिभावसहित पितृहरूको उद्धार र सम्मान गर्ने कार्य भएकाले निमन्त्रणा गर्दाखेरी नै ख्याल गर्नुपर्ने मान्यता छ ताकी अधम, नीच, पतीत र पातकीलाई निम्ता नगर्ने र जो भद्र, नैतिकवान र माता-पिता जस्ता मायालु, ज्ञानी, दानी र त्यागी, तपस्वी र यश्स्वी छ्न्, जो संझन र श्रद्धा गर्न लायक छन्, तिन्लाई आमन्त्रण गरिन्छ र उच्च श्रद्धासहित खीरलगायतका कम्तीमा सोह्रथरी मिष्ठ-स्वादिष्ट व्यन्जनहरुको भोजनले सत्कार गरी तुष्ट-तृप्त गराउने गरिन्छ !

आज यो श्राद्धको संस्कार-परम्परालाई दुई अतिवादी गलत तरिकाले लिने गरिएको पाइन्छ ! एउटा हो : धर्म-संस्कार अवलम्बनको नाममा बिज्ञानविरोधी, समाजविरोधी, जनविरोधी, प्रगतिविरोधी रुढीबादी र अन्धविश्वासजन्य कुरीती र कुसंस्कारहरुलाई हुबहु मानेर श्राद्ध गर्नु, गराउनु र गर्न दिनु । अनि अर्को अतिवादी गल्ती हो - पुराना धर्म-संस्कार नमान्ने नाममा श्राद्धकर्मभित्र रहेका सत्यम्-शिवम्-सुन्दरम् जन्य कैयौं असल र राम्रा अनि वस्तुवादी, बिज्ञानसम्मत र समाजोपयोगी संस्कार, संस्कृति र सभ्यताका कुराहरुलाई पनि त्याग्नु, विरोध गर्नु र श्राद्ध नगर्नु, नगराउनु र न त गर्न नै दिनु ! यी दुवैथरी कर्ता, कृया र कर्महरु अन्धविश्वासपूर्ण, अबैज्ञानिक र रुढिवादी हुन् ! अन्धविश्वास वा रुढिवाद भनेको यही सत्यासत्य, कर्तब्याकर्तब्य, हिताहित, सुन्दरासुन्दर, गुणवैगुण आदि कुनै विश्लेषण र संश्लेषण नगरी गर्ने सोंच, शैली, संस्कार र कार्य हो । हामीहरु यी दुवै गल्ती गर्नबाट बच्दै यी पर्व-कर्महरुलाई परिष्कार-परिमार्जन गरेर यिनमा समयानुकूल सुधार-संशोधन गर्दै नराम्रा रुढिवादी, अन्धविश्वासपूर्ण र अबैज्ञानिक कुराहरुलाई फालेर राम्रा कुराहरुको संरक्षण र संबर्द्धन गर्दै जानुपर्दछ ! यहाँनेर हामीहरु पुराना जति सबै नराम्रा र त्याज्य-दुत्कार्य अनि नयाँ जति सबै राम्रा र भोग्य-स्वीकार्य भन्ने भ्रमजालबाट अविलम्ब मुक्त हुनु अत्यन्त जरुरी छ ।

वास्तवमा आज हामीले मनाउने स्मृति दिवस पनि एउटा श्राद्ध नै हो ! कसैका विचार, भावना, गुण, योगदान, बलिदान आदि कार्यहरुलाई अनुशरण र कार्यान्वयनबिना गरिने जतिसुकै ठुला सभा-समारोह, पूजा-आराधना, भोजभतेर, जात्रा-यात्रा, भीषण-भाषण आदि सबै रुढिवादी श्राद्धनै हुन् ! यसैगरी मातापिता र गुरुगुरुमा आदि पूर्वज-पूर्खाहरुको योगदान र बलिदानको अनि त्याग-तपस्या र भूमिकाको संझना र सम्मान गर्दै तिनको उच्च मूल्यांकनसहित आत्मसातीकरण र कार्यान्वयन गर्नु राम्रो, बैज्ञानिक र श्रद्धेय कार्य हो, जो श्राद्ध नै हो ! अर्को शब्दमा श्राद्ध पनि स्मृती कार्य नै हो भने आजभोलिका स्मृती कर्यक्रमहरु पनि प्रकारान्तरले श्राद्ध नै हुन् !

फरक यत्ती हो कि ठुलाबडाहरुका जन्मदिनमा जन्मोत्सव वा जन्मजयन्तिका रुपमा र निधनको दिनमा स्मृतिदिवसका रुपमा गरि वर्षको दुई दिन स्मरण र श्रद्धा गरिन्छ भने पितापुर्खाको श्राद्ध भने मुख्यतः दुई दिन नै गरिन्छ वर्षमा तर मरेको तिथिमा एकपटक सोही मास र पक्षमा अनि अर्कोपटक अहिले आश्विन कृष्णपक्षको पूर्णिमादेखी औंशीसम्मका सोह्रदिनभित्रका सोही तिथिमा गरिन्छ ! यथार्थमा उहिले सूचना र सन्चारको अभावमा मान्छे हराएर मरेको अत्तोपत्तो नहुने स्थितिमा तिनको मरण जुनसुकै मासमा भएको भएपनी यी सोह्र तिथिभित्रै पर्ने हुनाले खेतिपाती सकिएर चाडपर्वहरु सुरुहुनुअघि नै असोज महिनाको यो कृष्णपक्षमा उनीहरुको सम्झना गरि सम्मान गर्दै श्राद्ध गर्दा उपयुक्त हुने ठानेर नै यतिबेला श्राद्ध गर्ने गरिएको हुनुपर्छ । जे होस्, वर्तमानमा हामी जसरी हाम्रा जीवित वरिष्ठ र जेष्ठ सदस्य जस्तो कि माता-पिता, नाता-गोता र दाता-विधाताहरुलाई सम्मान र श्रद्धा गर्छौं, फूल, माला र अवीरादिले स्वागत र विदाइ गर्छौं, गायन-वादन र भीषण- भाषणले छकदङ्ग पार्छौं अनि खानपिन र उपहारादिले तुष्ट-तृप्त गर्छौं र हाम्रो कृतज्ञता र आभार प्रकट गर्छौं; ठिक त्यसै गरी हाम्रा दिवङ्गत वरिष्ठ, जेष्ठ र श्रद्धेय सदस्य अर्थात् माता-पिता, नाता-गोता र दाता-विधाताहरुलाई सम्मान र श्रद्धास्वरुप श्राद्ध गर्ने गरिएको हो । आउनुहोस्, यस्लाई छलफल र सुधार गर्दै परिस्कृत र परिमार्जन गरी आधुनिक, बैज्ञानिक र सर्वस्वीकार्य गराऔं ! अस्तु !!


लेखक नेकपाका पुस्तक तथा अभिलेखालय विभागका प्रमुख हुन् ।




थप समाचार


दुई पुस्ताबीचको सम्बन्ध !

दुई पुस्ताबीचको सम्बन्ध !

समाजमा प्रायः नयाँ र पुराना, किशोर-युवा र प्रौढ-बृद्ध, कनिष्ठ र वरिष्ठ वा जेठा र कान्छा अथवा ठुला र साना अर्थात् अघिल्ला र पछिल्ला दुईथरी पिंढी ...

मरेर गएपनि विश्व हल्लाउने 'कार्ल मार्क्स'को जिवनी पढ्नुहोस

मरेर गएपनि विश्व हल्लाउने 'कार्ल मार्क्स'को जिवनी पढ्नुहोस

एजेन्सी - कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र ...

सर्वहारा अधिनायकत्व र अभ्यासबारे एक टिप्पणी !

सर्वहारा अधिनायकत्व र अभ्यासबारे एक टिप्पणी !

सर्वहारा अधिनायक्त्वविना कुनै कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी बन्नै सक्तैन किनकि त्यो पार्टीले साम्यवादसम्मको यात्रा तय गर्नै सक्तैन भन्ने मालेमावादको सार रहेको छ ! ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक