आज विश्वकर्मा पूजा, 'विश्वकर्मा' बाबा संसारकै पहिलो इन्जिनियर

2019-09-18

काठमाडौँ - श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो।

वैदिक सभ्यताको विकाससँगै यस्ता चाडपर्व चान्द्रमास र सौर्यमासका आधारमा मनाइन्छन्। तीमध्ये सौर्यमासका आधारमा सूर्य हरेक वर्ष कन्या राशिमा गएको पहिलो दिन वा असोज १ मा विश्वकर्मा पूजा मनाउने गरिएको छ।

पौराणिक कथाअनुसार सृष्टिको प्रारम्भमा सर्वप्रथम ‘नारायण’ अर्थात् साक्षात् विष्णु भगवान् समुद्रबीच शेषशड्ढयामा प्रकट भए। उनको नाभि–कमलबाट चतुर्मुख ब्रह्मा उत्पत्ति भएका र क्रमशः ब्रह्माका पुत्र ‘धर्म’ र धर्मकी ‘वस्तु’ नामक स्त्रीबाट सातौं पुत्रको रूपमा ‘वास्तु’ जन्मिए, जो शिल्पशास्त्रका प्रवर्तक हुन्। उनै वास्तुदेवकी ‘अंगिरसी’ नामक पत्नीबाट विश्वकर्मा जन्मिएका थिए। आफ्ना पिताजस्तै विश्वकर्मा उत्कृष्ट वास्तुकलाविद् थिए। तसर्थ उनको जन्म दिनलाई वास्तु दिवसका रूपमा पनि मनाउन थालिएको वास्तुशास्त्रीहरू बताउँछन्।

वास्तुशास्त्रविद् वासुदेवकृष्ण शास्त्रीका अनुसार वास्तु विद्याले बसोबास र प्राकृतिक ऊर्जासँग मानवजीवनको तालमेल मिलाउँछ, जसलाई वास्तुशिल्पशास्त्र पनि भनिन्छ। वास्तुशिल्पशास्त्र दिशा (पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, ईशान, आकाश र पाताल) र तत्वको तालमेलको सिद्धान्तमा निहित रहेको छ।

विश्वकर्मा संसारकै पहिला इन्जिनियर मानिन्छन्। तसर्थ यस दिन कलाकार, शिल्पकार, उद्योगी, व्यापारी र श्रमिक सबै मिली उद्योग, कलकारखाना तथा हरेक किसिमका उपकरण (मेसिन) को पूजा गरिन्छ। विशेषगरी विश्वकर्माको मूर्ति वा फोटोमा चन्दन, अक्षता, फूल, तिल, जौआदिले पूजा गरी विभिन्न प्रकारका फलपूmल चढाई नरिवल फुटाएर कलकारखानाका मुख्य उपकरणमा नरिवलको जल अर्पण गर्ने चलन रहेको छ। यसो गरे वर्षभर कुनै बिघ्न–बाधा नआउने र शिल्पकारमा कलाकौशल बढ्दै जाने विश्वास रहेको छ।

शास्त्रमा सत्ययुगको ‘स्वर्गलोक’, त्रेता युगको ‘लंका’, द्वापरयुगको ‘द्वारिका’ र कलियुगको ‘हस्तिनापुर’ लगायत विश्वकर्माद्वारा निर्माण गरिएको उल्लेख पाइन्छ। कृष्ण–सुदामाको भेट हुनेबित्तिकै ‘सुदामापुरी’ रचना भएको थियो। यस पुरीको निर्माण पनि विश्वकर्माले नै गरेको मान्यता रहेको छ। समाज विकासको क्रममा प्रयोगमा आएका घरेलु उपकरण कुटो, कोदालो, हलो, ढिकी, जाँतो, गरगहना, यान, कैंचीलगायत र अहिलेका सम्पूर्ण वैज्ञानिक आविष्कारबाट उपलब्ध सामग्रीका प्रवर्तक विश्वकर्मा मानिन्छन्।

वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार सिर्जनात्मक कर्म गरी जीविकोपार्जन गर्ने सबै शिल्पकार विश्वकर्मा हुन्। त्यसैले विश्वकर्मा पूजाले कर्मशील व्यक्तिलाई ऊर्जा प्रदान गरी कर्म गर्दा आउने सबै बाधाविरोधको अन्त्य हुन्छ भन्ने विश्वास रहेको छ।

 


नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ