यौनकर्मीको अखडा बन्यो पशुपति क्षेत्र

2019-09-18

काठमाडौं - कलकत्ताकी सीताकुमारी दास (१८)ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन्। जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो।

एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए। पहिले यो योजना सुनेर उनलाई डर लाग्यो। पछि उनलाई लाग्यो, अर्को बाटो छैन। किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन। सीता मन्जुर भइन्। तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन्। सीताको लागि काठमाडौं नौलो थियो। उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन्। केही दिनको बसाइ रमाइलो भयो। तर यो रमाइलो धेरै टिक्न सकेन। काठामाडौं बसाइले अचानक अकल्पनीय मोड लियो। जुन सीताले सपनामा पनि सोचेकी थिइनन्।

एकदिन राजु सीतालाई छोडेर बेपत्ता भए। उनी एक्लै भइन। कलकत्तासम्म पुग्‍ने बाटो खर्च पनि उनीसँग भएन। 'म पशुपतिमा बसेर रोइरहें, मन्दिर वरिपरी घुम्थें तर राजु आएन, एकदिन बेलुकी पख म गौशाला नजिकै बसिरहेकी थिएँ। केही केटीहरु पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखें', सीता भन्छिन्, 'अनि मलाई थाहा भो। यी केटीहरु पैसा यसरी कमाउँदा रहेछन्।

अनि वाध्याताले सीतालाई यही बाटोमा डोहोर्‍यायो। एकदिन पशुपति नजिकै सडकमा बसिरहेका बेला उनलाई एक भारतीयले जाउँ भनेपछि उनी तयार भइन्। त्यस दिनदेखि सीता देहव्यापारमा संग्लग्‍न छिन्। 'म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइनँ', उनी थप्छिन्, 'यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु।'

देहव्यापारमा संलग्‍न भएको अवस्थामा उद्धार गरिएकी सीता अहिले माइती नेपालमा छिन्। उनी नेपाली बुझ्छिन् तर राम्रोसँग बोल्न जान्दिनन्। सोमबार बेलुका माइती नेपाल र महानगरीय प्रहरी वृत गौशालाको संयुक्त टोलीले सीतासहित ६ जना यौनकर्मीलाई पशुपति क्षेत्रबाट नियन्‍त्रणमा लिएको हो। उनीहरूले यही क्षेत्रलाई आफ्नो यौन व्यापारको केन्द्र बनाएको तथ्य खुलेको छ। खासगरी भारतीय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा यौन व्यापार गर्ने ठूलो गिरोह सक्रिय रहेको देखिएको छ। धार्मिक क्षेत्रमा यस्तो धन्दा हुन नदिन स्थानीय प्रहरी र सामाजिक संस्थाको संयुक्त प्रयासमा निगरानी अभियान चलाइएको छ।

कमाठीपुरा बन्दै पशुपति क्षेत्र !
यहाँ यौन व्यापार गर्ने यौनकर्मीले पशुपति क्षेत्रलाई भारतको मुम्बईस्थित चर्चित रेडलाइट एरिया 'कमाठीपुरा' सँग जोड्ने गरेका छन्। काठमाडौंस्थित भारतीय यौनकर्मीका लागि चर्चित ठाउँ बनेको छ पशुपति क्षेत्र। 'पशुपति जस्तो धार्मिक क्षेत्रमा यौन व्यवसाय चलिरहेको छ भन्ने त थाहा नै थियो तर यति खतरनाक रुपमा मौलाइरहेको छ भन्ने कुरा हामीलाई थाहा थिएन', माइती नेपालकी कानुन अधिकृत उमा तामाङ भन्छिन्।

उद्धार गरिएका महिलाले ग्राहक खोज्‍न पशुपति क्षेत्र सजिलो हुने भएकाले यही क्षेत्रलाई आफ्नो व्यवसायिक अखडा बनाउँदै आएको बताउँछन्। वर्ष २५ की रिताकुमारीले श्रीमानको मानसिक सन्तुलन गुमेपछि सन्तान हुर्काउन र दैनिक गुजारा चलाउन आफू यो पेसामा लागेको बताइन्। उनले भनिन्, 'तीन वर्षदेखि मैले पशुपति क्षेत्रमा यो धन्दा गर्दै आएकी छु।' उनले देहव्यापार गरेर छोरालाई पढाएको बताइन्।

पानीपुरीबाट गुजारा नचलेपछि देह व्यापारमा संग्लग्‍न भएकी देवी यादव (४५) पशुपति क्षेत्रमा यो धन्दा गर्नका लागि पछिल्लो समय नयाँ केटीहरु आएको बताउँछिन्। उनी भन्छिन्, 'हामी पुराना पनि छौं तर अहिले धेरै नयाँ केटी आएका छन्। उनीहरु आफ्नै तरिकाले हिड्छन्, हामी आफ्नै तरिकाले हिँड्छौ‌‌।'

ग्राहक खोजीदिने काममा पनि केही प्रौढ महिला सक्रिय छन्। 'उनीहरु आफै ग्राहकसँग जाँदैनन् तर ग्राहक खोजेर ल्याइदिन्छन्। हामी उनीहरुलाई केही कमिशन दिन्छौं, रिता भन्‍छिन्। पशुपति क्षेत्रमा यौन व्यवसाय चलाउनेले नै प्रत्येक महिना आफूहरुको रगत परीक्षण गर्ने गरेको उद्दार भएका महिलाहरु बताउँछन्।

दर्शनार्थी नै ग्राहक

पशुपति क्षेत्रमा चलिरहेको देह व्यापारका ग्राहकमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी हुने गरेको तथ्यसमेत खुलेको छ। यस कामका लागि यहाँका होटल प्रयोग हुने गरेका छन्। होटेलमा दलाल जाने गरेको र त्यहाँ रकम निश्‍चित भएपछि यौनकर्मी पठाउने गरिएको उद्धार गरिएका महिला बताउँछन्। कतिपय केटीले ग्राहकसँग डिल गर्दा होटेलको व्यवस्थासमेत आफै गर्ने भनेर बढी रकम लिने गरेका छन्। (व्यक्तिगत गोपनीयतालाई ख्याल गर्दै समाचारमा प्रयोग भएका महिलाका नाम परिवर्तन गरिएको छ)


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक