मेलम्चीका कामदारले रोकिएको भुक्तानी पाउने, बाँकी काम चिनियाँ कम्पनीलाई

2019-09-16

काठमाडौँ - मेलम्ची आयोजना छाडेर भागेको इटालियन कम्पनी सिएमसीसँग भुक्तानी बाँकी रहेको दाबी गर्ने आपूर्तिकर्ता तथा श्रमिकलाई पैसा तिर्न खानेपानी मन्त्रालय सहमत भएको छ । आपूर्तिकर्ताहरूले सिएमसीसँग करिब एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको र त्यो रकम नेपाल सरकारले दिनुपर्ने दाबी गर्दै आएका थिए ।

श्रमको मूल्य नपाएका ६ सय ८० मजदुरलाई करिब तीन करोड दुई लाख रुपैयाँ प्राविधिक समितिमार्फत भुक्तानी दिन आइतबार मन्त्रालय सहमत भएको हो । यससँगै आपूर्तिकर्ताको करिब एक अर्ब ३५ करोड पनि भुक्तानी गर्न मन्त्रालय तयार भएको मन्त्रालय स्रोतले दाबी गरेको छ ।

मन्त्रालयले मजदुरहरूलाई भुक्तानी दिन खानेपानी महाशाखा प्रमुख चन्द्रबहादुर केसीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिसकेको छ । प्राविधिक समितिले मेलम्ची विकास समितिमा सुझाब पठाउने र समितिले मन्त्रालयमा भुक्तानीका लागि सिफारिस गर्ने प्रक्रिया अपनाइने भएको छ ।

आन्दोलन स्थगित, सिनो हाइड्रोसँग सम्झौताको तयारी
आइतबार मन्त्रालयले मजदुर र आपूर्तिकर्तासँग सम्झौता गरेसँगै ११ दिनदेखि आयोजनास्थलमा भएको आन्दोलन स्थगित भएको छ । १९ भदौमा आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको थियो । आन्दोलन रोकिएसँगै काम गर्ने वातावरण बनेको मन्त्रालयका सचिव माधव बेल्बासेले बताए । आयोजनाको हेडबक्स निर्माण र सुरुङ फिनिसिङको कामका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौताको तयारी भइरहेको छ । एक साताभित्रै सिनो हाइड्रोसँग सम्झौता गर्ने र नौ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउने तयारी भइरहेको विकास समितिले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ