लम्कीचुहाको मेयरको कार्यकक्षमा आगो

2019-09-16

टीकापुर - कैलालीको लम्की चुहा नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा आगजनी भएको छ । शनिबार राति नगर प्रमुख महादेव बजगाईको कार्यकक्षमा आगजनी भएको हो। आगजनीबाट कार्यकक्षमा सामान्य क्षति भएको छ।

आगजनीबाट नगरप्रमुखको कुर्सी, कार्यकक्षमा रहेको स्टेप्लाइजर र एसीमा क्षति पुगेको छ । कार्यकक्षको झ्यालको शीशा फुटाई आगजनी गरेको स्थानीय युवराज न्यौपानेले बताए।

न्यौपानेका अनुसार कार्यकक्षमा एक हथौडा र बोतल फेला परेको छ । बिहान ७:३० बजेतिर कार्यालयका कर्मचारीले आगजनीबारे थाहा पाएका थिए । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले इलेक्ट्रिक सर्ट भएर आगजनी भएको हुनसक्ने बताए ।

उनले स्टेप्लाइजर र एसीमा क्षति पुगेको बताउँदै इलेक्ट्रिक सर्ट भएका कारण आगजनी भएको हुनसक्ने बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ