साताको पहिलो दिन नेप्सेमा गिरावट

2019-09-16

काठमाडौं - साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अंक अर्थात् १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२ कम्पनीको शेयर २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १९.६९, होटल २४.२४, विकास बैंक १५.२९, जलविद्युत् १६.७४, वित्त ४.८९, निर्जीवन बीमा ५८.२५, उत्पादन २७.९३, अन्य ४.९४, लघुवित्त १९.४६, जीवन बीमा ६६.०८ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ८२ लाख ५२ हजार ३६८ कारोवार भएको हो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ७४ लाख ५१ हजार ८०४, सानिमा बैंक रु एक करोड १५ लाख दुई हजार २१४, लक्ष्मी बैंक रु ९९ लाख ३९ हजार, शिवम् सिमेन्ट रु ९३ लाख ६८ हजार ८५६, मेगा बैंक रु ९० लाख २० हजार ६८४ र रसुवागढी जलविद्युत् कम्पनीको रु ८८ लाख १२ हजार ९१० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ३.५१ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक ३.२३, नविल इक्विटी फन्ड २, नेशनल लाइफ इन्सुरेन्स १.८६, एभरेष्ट इन्सुरेन्स १.७९ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १.४५ प्रतिशतले कमाए ।

यस्तै बढी गुमाउनेमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । सो संस्थाका शेयरधनीले ८.३८ प्रतिशतले गुमाउँदा हिमालउन ऊर्जा विकास कम्पनी ६.०८, हिमालयन जनरल इन्सुरेन्स ५.५३, दिव्यश्वरी हाइड्रोपार ५.४५, स्ट्यान्डर्ड चार्टड बैंक ५.२७, र आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२० प्रतिशतले गुमाए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ