'हनुमन्ते सफाइ' अभियानको ८१ औं हप्ता, दुई टन फोहर व्यवस्थापन

2019-09-15

भक्तपुर- हनुमन्ते नदी सफाइ अभियानको ८१‌औं हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ ।

अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए ।

अभियानका सहसंयोजक सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, अभियानका अगुवा अभियाकर्मी, सफाइ अभियानका सल्लाहकार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पातञ्जल नेपाल, जीवन विज्ञानलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं अभियानकर्मीको सफाइ अभियानमा सहभागिता रहेको थियो।

नेकपाका नेता एवं सांसद महेश बस्नेतको अगुवाइ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजनमा शुरु भएको अभियान १०० हप्तासम्म निरन्तर जारी राख्ने बताइएको छ।

हनुमन्ते सफाइ अभियानले डेङ्गु रोग नियन्त्रण अभियानसमेत सञ्चालन गरेको छ। रासस

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ