तरुण दलमा लफडा : अध्यक्षले महासचिवलाई बर्खास्त गरेपछि महासचिवले चाले यस्तो गम्भीर कदम

2019-09-15

काठमाडौं - नेपाल तरुण दलका अध्यक्षले महासचिवलाई दलको जिम्मेवारीबाट बर्खास्त गरेपछि महासचिवले पनि अध्यक्षलाई पदबाट हटाएका छन्। अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई दलको सबै जिम्मेवारीबाट मुक्त गरेपछि महासचिव शाहीले पनि विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षलाई हटाएको जानकारी दिएका हुन्।

विभिन्न ४ आरोप लगाउँदै महासचिव शाहीले अध्यक्षलाई हटाउनुपरेको उल्लेख गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव शाहीले अध्यक्षलाई हटाउन परेको जानकारी गराएका छन्।


पदीय मर्यादा, जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै हटाएको जानकारी अध्यक्षले जारी गरेको वक्तव्यमा उल्लेख छ।

यसअघि कार्यकाल सकिन लागेको तरुण दलमा अध्यक्ष र महासचिवको विवाद उत्कर्षमा पुगेको थियो। अध्यक्ष जितजंग बस्नेतले भ्रष्टचारविरोधी गतिविधिलाई बेवास्ता गर्दै आएको भन्दै महासचिव भुपेन्द्रजंग शाहीले भदौ २२ मा विज्ञप्ति निकालेपछि विवाद सतहमा आएको थियो।

यस्तो छ अध्यक्ष बस्नेतले महासचिवलाई हटाएको बारे विज्ञप्ति

यता महासचिव भुपेन्द्रजंग शाहीले भने अध्यक्ष बस्नेतलाई नै कारबाही गर्ने जानकारी दिएका थिए। महासचिव शाहीले अध्यक्ष बस्नेतलाई कारबाही गर्ने सम्बन्धमा पार्टीका नेताहरूसमेत छलफल भइरहेको बताएका छन्।

'निर्वाचित महासचिवलाई जितजङ्ले हटाउन सक्दैनन्। पार्टी नेताहरुसँग छलफल गरेर उनलाई मैले हटाइदिन्छु। उनी भ्रष्ट व्यक्ति हुन्,' महासचिव शाहीले भने, 'पोहोर साल बाढी पीडितलाई उठाएको राहत रकम बाढी पीडितलाई सहयोग गरेनन्। उक्त मुद्दा लिएर अख्तियारमा उजुरी गर्छु।'

आफू निर्वाचित महासचिव भएको र आफूलाई कांग्रेस पार्टीले मात्र हटाउन सक्ने बताउँदै उनले अध्यक्षको कदमको आलोचना गरेका छन्। साथै अध्यक्षको निर्णय कार्यान्वयन नहुने समेत दाबी गरेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ