वैवाहिक अंगीकृत नागरिकताबारे संसदमा नयाँ प्रस्ताव

2019-09-14

काठमाडौँ - वैवाहिक अंगीकृत नागरिकताको विषयमा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले नयाँ प्रस्तावमा छलफल अघि बढाएको छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि र नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई नेपालमा बसोवास गरेको १५ वर्षपछि अंगीकृत नागरिकता दिने विषयमा शनिबार सहमतिमा पुग्ने समितिको तयारी छ ।

समितिमा यसअघि पटक–पटक भएको छलफलको आधारमा प्रतिवेदन बनाइएको र त्यही प्रतिवेदनमाथि पनि सर्वसम्मत सहमतिको प्रयास गरिएको कांग्रेस सांसद डा. डिला संग्रौलाले बताइन् । उनका अनुसार शनिबार बस्ने समिति बैठकमा सर्वसम्मत नभए मतविभाजन गरेर भए पनि वैवाहिक अंगीकृत नागरिकताको विषय टुंगो लाग्ने सम्भावना छ ।

सांसद फरक ध्रुवमा सहमति गर्ने कसरत
वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विवाद मिलाउन उपसमिति बनाए पनि उपसमितिले सहमति निकाल्न सकेको छैन । त्यसैले यो विषय पुनः समितिबाट टुंगो लगाउने प्रयत्न भइरहेको छ । ‘नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि र विदेशी ज्वाइँलाई नेपालमा १५ वर्ष बसोवास गरेपछि मात्र अंगीकृत नागरिकता दिने गरी प्रतिवेदन बनेको छ । यसबारे शनिबार टुंगोमा पुग्ने सम्भावना छ,’ कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भनिन् ।

सहमतिमा विधेयकमाथिका बाँकी विवाद मिल्ने र सहमति नभए मत विभाजनको सम्भावना पनि रहेको उनले बताइन् । पछिल्लो प्रतिवेदनमा पनि सांसदहरू एकमत छैनन् । ‘नेपाली महिलासँग विवाह गर्ने विदेशी ज्वाइँलाई नागरिकता दिने विषय संविधान, ऐन कानुन र अहिलेको विधेयकमा पनि कतै परिकल्पना गरिएको छैन । त्यसैले यो व्यवस्था हुनै सक्दैन,’ सत्तारुढ नेकपाका सांसद झपट रावलले भने ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ