प्लम्बरलाई अपहरण गर्ने साउदी राजकुमारीलाई सजाय

2019-09-14

पेरिस - फ्रान्समा एक कामदारलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा साउदी राजकुमारीलाई यहाँको अदालतले जेलसजाय र ११ हजार डलर जरिवाना तोकेको छ ।

साउदी राजाकी छोरी हास्सा बिन्त सलमानले अंगरक्षकलाई लगाएर पेरिसस्थित अपार्टमेन्टमा एक प्लम्बरलाई कुटपिट गराएको भन्दै मुद्दा दायर भएको थियो । ती व्यक्तिले आफूलाई बाँधेर यातना दिइएको पनि आरोप लगाएका थिए । मुद्दापछि राजकुमारीलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

इजिप्टका ती नागरिकले आफूलाई घण्टौँसम्म थुनेर कुटपिट गराएको आरोप लगाएका थिए । २०१८ मार्चमा यस्तो घटना भएको भन्दै मुद्दा अदालतमा पुगेपछि राजकुमारी हास्सालाई पक्राउ पूर्जी जारी गरिएको हो । तर उनीमाथिको फैसला शर्त सहित तत्कालै लागु नहुने गरी गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ