बसभित्र किशोरीलाई बलात्कार गर्न खोज्ने चालक र सहचालक पक्राउ

2019-09-12

विराटनगर - मोरङमा १५ वर्षीया किशोरीलाई बसभित्रै बलात्कार गर्न खोजेको आरोपमा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

ना ६ ख ९३४४ नम्बरको यात्रु बसका चालक मोरङको रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।

धनकुटा घर भई दमक नगरपालिका निवासी आफन्तकहाँ बस्दै आएकी १५ वर्षीय बालिकालाई गत २२ गते उनीहरुले बसभित्रै बलात्कार गर्न खोजेका थिए। बेतना सिमसार घुमेर दमक फर्किएकी बालिकालाई फकाएर पथरी शनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजार घुमाउँदै साँझ साँढे ६ बजे उनीहरुले बलात्कार गर्न खोजेको प्रहरीले जनाएको छ।

पीडित बालिकाले प्रतिकार गरी चिच्याएपछि स्थानीयवासीले प्रहरीलाई सूचना दिएका थिए।

इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

पक्राउ परेकालाई कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ