डेंगु नियन्त्रण गर्न ‘महाअभियान’ चलाउने तयारीमा केन्द्रीय सरकार

2019-09-12

काठमाडौँ - ३० वैशाखमा धरानमा देखिएको डेंगु करिब चार महिनामा ५६ जिल्लामा फैलिएर महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि ‘महाअभियान’ चलाउने भएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र स्वयंसेवकलाई डेंगु प्रभावित क्षेत्रका घरघरमा खटाएर नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको हो ।

मंगलबार साँझ सम्बन्धित सबै निकायका अधिकारीलाई सरकारी कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले महाअभियानको तयारीबारे छलफल गरेका छन् । देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारभित्र परे पनि प्रभावकारी काम गर्न नसकेपछि डेंगु महामारी रोक्न संघीय सरकार नै सक्रिय हुन लागेको हो ।

‘सरकारले खटाउने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक र विद्यार्थी घर–घरमा पुग्नेछन् । भुइँदेखि छतसम्म निरीक्षण गर्छन् । जमेको पानी र फोहोर हटाउनेछन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले भने, ‘टोलीले हरेक घरका सदस्यलाई डेंगुबाट बच्न परामर्श दिनेछ ।’

छलफलमा डा. लालसहित मुख्यसचिव लोकदर्शन रेग्मी, विभिन्न मन्त्रालयका सचिव, सबै सुरक्षा निकायका प्रमुख, काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिकाका प्रमुख, प्रधानमन्त्रीका सल्लाहकार, स्वास्थ्यसचिव, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक, रोग नियन्त्रण महाशाखाका निर्देशक, सरुवारोग अस्पताल टेकुका डा. अनुप बास्तोलालगायत सहभागी थिए ।

छलफलमा उपत्यकाका तीन महानगरका प्रमुखहरूले भने आफूहरूले गर्नुपर्ने कामबारे सुझाब मागेका थिए । स्रोत–साधन पर्याप्त भए पनि कामबारे ज्ञान नभएको उनीहरूको भनाइ थियो ।

३० वैशाखयता आठ हजार पाँच सय ३८ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो समय संक्रमण गुणात्मक रूपमा बढेको छ । १ साउनदेखि २४ भदौसम्म मात्रै पाँच हजार एक सय १३ जनामा संक्रमण देखिएको छ । हालसम्म डेंगुले ६ जनाको ज्यान गइसकेको छ ।

नेतादेखि डाक्टरसम्मलाई डेंगु
एमाले नेता वामदेव गौतम, कृषिमन्त्री चक्रपाणि खनाल र वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगु भएको छ । त्यस्तै, शुक्रराज अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा. असीम कँडेल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई पनि डेंगु संक्रमण भएको छ । टेकुमा मात्रै १३ स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको अस्पतालले जनाएको छ ।

डेंगु नियन्त्रण गर्न आठ करोड
सरकारले डेंगु रोग नियन्त्रणका लागि यस वर्ष सात करोड ९३ लाख विनियोजन गरेको छ । केन्द्रीय सरकारअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा एक करोड २० लाख, सातवटा प्रदेशमा चार करोड ८३ लाख र स्थानीय तहमा एक करोड ९० लाख गरी सात करोड ९३ लाख विनियोजन भएको हो । यो रकम डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने, सचेतनाका कार्यक्रम र डेंगु संक्रमितको उपचारलगायतमा खर्च गर्नुपर्छ । तर, डेंगुले महामारीको रूप लिँदासमेत यस्ता कार्यक्रम हुन सकेका छैनन् ।

डेंगुको डरले ‘लामखुट्टे फोबिया’
डेंगुबारे जानकारी कम हुँदा सर्वसाधारणलाई ‘लामखुट्टे फोबिया’ हुन थालेको छ । जुनकुनै लामखुट्टेले टोक्दा पनि डेंगु हुने डरले सताएको छ । कैयौँ व्यक्ति आत्तिँदै अस्पताल पुग्ने गरेका छन् । टेकुस्थित सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले आफूकहाँ आइपुगेको एक प्रतिनिधि घटनाबारे भने, ‘बालाजुकी एक महिला साथीका दुई बच्चालाई डेंगु लागेको थाहा पाएपछि भेट्न गइन् । घर फर्किंदा उनलाई एउटा लामखुट्टेले दाहिने खुट्टामा टोकेछ । लामखुट्टे मारिन् । तर, त्यसलगत्तै ती महिलाको खुट्टा झमझमाउन र दाहिने कम्मर दुख्न थाल्यो । डेंगु पो लाग्यो कि भनेर उनी आत्तिँदै टेकु अस्पताल आइपुगिन् । लामखुट्टे फोबियाले सताएर उनी यो अवस्थासम्म पुगिन् ।’


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक