नेकपा सचिवालय निर्णय : पार्टी दर्ता गर्ने जिम्मा विष्णु पौडेललाई

2019-09-12

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दल दर्ता गर्ने निर्णय गर्दै महासचिव पौडेललाई जिम्मेवारी दिएको हो।

‘यही महिनाभित्र प्रक्रिया पूरा गरेर दल दर्ता गर्ने निर्णय भएको छ’, बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिइएको छ।’

प्रदेशसभा र स्थानीयमा उपनिर्वाचनमा पुन : दल दर्ता गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले सूचना प्रकाशित गरेपछि सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारे जानकारी गराएका थिए। यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सिंगापुरमा रहदा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भदौ ९ गते सचिवालय बैठक बसेको थियो।

भदौ ५ मा बसेको ओलीसहितको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपाल र ओलबीचमा चर्काचर्की भएपछि यी दुई नेताबीच छलफल नहुँदै सचिवालय बैठक बसेको हो।

बैठकमा सचिवालय सदस्य तथा प्रस्तावित पार्टी उपाध्यक्ष वामदेव गौतम भने सहभागी थिएनन्। उनी ज्वरो आएर बिरामी परेका कारण आराम गरिरहेका छन्।

नेकपाले पार्टी केन्द्रीय आयोग, महानगर कमिटीदेखि प्रवास कमिटीको संगठनात्मक एकताको काम टुंगो लगाउन बाँकी छ।




थप समाचार


नेपाली कांग्रेसको 'चियापान कार्यक्रम' सम्पन्न

नेपाली कांग्रेसको 'चियापान कार्यक्रम' सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा ...

नेपाल-चीन बिचको १४ बुँदे संयुक्त वक्तव्य जारी, नेपाली नेतालाई चीन भ्रमणको निम्तो

नेपाल-चीन बिचको १४ बुँदे संयुक्त वक्तव्य जारी, नेपाली नेतालाई चीन भ्रमणको निम्तो

काठमाडौं - चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालका विभिन्न दलका नेतालाई दुवै देशको उपयुक्त समय मिलाएर चीन भ्रमणको निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको ...

जागौ युवा, लागौ युवा अभियान जारी

जागौ युवा, लागौ युवा अभियान जारी

 देउखुरी समाचारदातादेउखुरी, असोज । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल यूवक युवक संघ केन्द्रिय कार्यसमितिले यूवालाई सिर्जनसिल बनाउने अभियान अन्तगर्त शुरु गरेको जागौ यूवा ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक