नेकपा सचिवालय निर्णय : पार्टी दर्ता गर्ने जिम्मा विष्णु पौडेललाई

2019-09-12

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दल दर्ता गर्ने निर्णय गर्दै महासचिव पौडेललाई जिम्मेवारी दिएको हो।

‘यही महिनाभित्र प्रक्रिया पूरा गरेर दल दर्ता गर्ने निर्णय भएको छ’, बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिइएको छ।’

प्रदेशसभा र स्थानीयमा उपनिर्वाचनमा पुन : दल दर्ता गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले सूचना प्रकाशित गरेपछि सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारे जानकारी गराएका थिए। यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सिंगापुरमा रहदा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भदौ ९ गते सचिवालय बैठक बसेको थियो।

भदौ ५ मा बसेको ओलीसहितको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपाल र ओलबीचमा चर्काचर्की भएपछि यी दुई नेताबीच छलफल नहुँदै सचिवालय बैठक बसेको हो।

बैठकमा सचिवालय सदस्य तथा प्रस्तावित पार्टी उपाध्यक्ष वामदेव गौतम भने सहभागी थिएनन्। उनी ज्वरो आएर बिरामी परेका कारण आराम गरिरहेका छन्।

नेकपाले पार्टी केन्द्रीय आयोग, महानगर कमिटीदेखि प्रवास कमिटीको संगठनात्मक एकताको काम टुंगो लगाउन बाँकी छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ