विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ

2019-09-11

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ परेका छन्। चितवन मेडिकल कलेजमा आन्दोलन गरेको आरोपमा उनीसहित एक दर्जनभन्दा बढी विद्यार्थी पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए।

प्रकाश मेडिकल कलेज संघर्ष समितिका संयोजक हुन्। आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिइएको मल्लले बताए।

यसअघि, मेडिकल कलेजले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको फिर्ता गर्ने सहमति गरे पनि फिर्ता नगरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्। एक सातादेखि विद्यार्थीले कलेजको पठनपाठन नै ठप्प पारी आन्दोलन गर्दै आएका छन्। एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ