धरान उपनिर्वाचन : नेकपाविरुद्ध कांग्रेस र साना दलको मोर्चाबन्दी

2019-09-11

धरान - निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावी अभियान तीव्र पारेका छन् भने साना दलहरूको गतिविधि शून्य छ।

उपनिर्वाचन हुने भएपछि नेकपा र कांग्रेसले उम्मेदवार चयन गर्न नसकेका भए पनि उम्मेदवारबिनै चुनावी अभियानलाई जनतामाझ पार्टीका योजना प्रस्तुत गर्न थालेका छन्। दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको नेकपाले जनमुखी काम गर्न नसकेको भन्दै साना दलहरूको समर्थनमा कांग्रेसले साझा उम्मेदवारी दिने तयारी गरेको छ।

०७४ असार २० गते सम्पन्न स्थानीय निर्वाचनमा धरान उपमहानगरको मेयरमा तत्कालीन एमालेका तारा सुब्बाले कांग्रेस उम्मेदवार तिलक राईलाई पराजित गरेका थिए। ०७५ साउन १ गते मेयर सुब्बा र धरान–७ का अध्यक्ष भुवन मोक्तानको निधन भएपछि धरान नेतृत्वविहीन छ। यो उपनिर्वाचनमा प्रमुख दल नेकपा र कांग्रेसले मात्र उम्मेदवारी दिने गरी चुनावी अभियान गरिरहेका छन्।

नेकपाले पहिला जितेको भन्दै यसपाली पनि जसरी पनि जित्ने दाबी गरेको छ। नेकपालाई चुनाव जित्न माओवादी–एमाले एकताको भर र कांग्रेसलाई साना दलको समर्थनको आस छ। मेयरका लागि नेकपाबाट केन्द्रीय सदस्य किरणकुमार राई, प्रदेश सदस्यहरू विजय राई, मनोजकुमार मेन्याङ्बो, मुक्साहाङ मेन्याङ्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्यहरू प्रकाश राई र पदम लिम्बू आकांक्षी छन्। कांग्रेसबाट धरान नगर सभापति तिलक राई र जिल्ला सचिव सुजेन्द्र तामाङले आकांक्षा देखाएका छन्।

तत्कालीन एमाले–माओवादी एकतापछि कांग्रेस अन्य साना दलसँग गठबन्धन गरी चुनावी मैदानमा उत्रने तयारी गरेको छ। कांग्रेसले तेस्रो ठूलो दल समाजवादी पार्टी नेपाल, संघीय लिम्बूवान पार्टी, राप्रपा र राजपासँग गठबन्धन गरी चुनावमा भाग लिने तयारी गरेको छ। कांग्रेस धरानका सभापति तिलक राईले उपनिर्वाचनमा साना दलसँग गठबन्धन गरी नेकपा उम्मेदवारविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताए। उनले ०४८ सालदेखि नेकपाले लगातार जिते पनि नगरको विकासमा उल्लेखनीय काम नगरेकाले यसपाली गठबन्धन बनाएर प्रतिस्पर्धामा जान साना दलसँग छलफल भैरहेको बताए।

समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बूले नेकपाबाट जितेकाले विमानस्थल र बसपार्क निर्माण, सडक विस्तार, खानेपानी समस्या समाधान नगरेकाले धरानलाई नेतृत्व दिनसक्ने उम्मेदवार चयन गरेर कांग्रेसलगायत दलसँग चुनावी एकता गर्न लागिएको बताए। संघीय लिम्बूवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले कांग्रेसले धरानमा मेयरको गतिलो उम्मेदवार चयन गरे आफ्नो पार्टीले सर्मथन गर्ने बताए।

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले भने साना दल मिल्दैमा नेकपालाई केही फरक नपर्ने बताए। उनले पूर्व एमाले–माओवादी एकता नै उपचुनाव जित्ने मुख्य आधार भएको दाबी गरे।


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ