काठमाडौंमा अब विद्युतीय बस सरर, भाडामा २० प्रतिशत छुट

2019-09-10

काठमाडौँ - सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट पहिलोपटक सुन्दरले सोमबारबाट विद्युतीय बस सञ्चालनमा ल्याएको हो । चीनको बिएके कम्पनीबाट खरिद गरिएका दुई विद्युतीय बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ ।

सुन्दर यातायातले सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम गरेर बस सञ्चालनमा ल्याएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालगायतले बसको संयुक्त रूपमा उद्घाटन गरे । विद्युतीय बस चक्रपथमा गुड्नेछन् । कम्पनीले यही वर्षभित्र २५ वटा बस काठमाडौंमा चलाउने योजना बनाएको अध्यक्ष थापाले बताए । उनका अनुसार कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको थापाले बताए । विद्युतीय बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्न सकिनेछ । कम्पनीले यात्रुलाई २० प्रतिशत छुट दिने योजना बनाएको छ । सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडादर नतोकेको अवस्थामा अहिलेकै व्यवस्थालाई टेकेर कुल भाडामा २० प्रतिशत छुट दिने योजना बनाएको थापाले बताए ।

बसमा आधुनिक प्रविधिमार्फत स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । केही हप्ताअघि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा चार्जसमेत गर्न सकिने कम्पनीले जनाएको छ । औसत एकपटक फुलचार्ज गर्दा २६८ किलोमिटर गाडी चलाउन सकिने कम्पनीको भनाइ छ ।

थापाले निजी कम्पनी विद्युतीय सवारी सञ्चालन गर्न सक्षम रहे पनि सरकारले आवश्यक नीति नबनाएको गुनासो गरे ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ