ओली र नेपालको १९ दिनदेखि बोलचाल बन्द, यस्तो थियो घटना !

2019-09-10

काठमाडौँ - प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ । स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन ।

दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन । शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चारपटक भेटवार्ता गरिसकेका छन् । सचिवालयका अरू नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन् ।

५ भदौको बैठकमा आफूले दिएको स्वास्थ्यलाभको कामना ओलीले फिर्ता गरेको भन्दै अहिलेसम्म पनि नेपालले असहज महसुस गरेका छन् । सो बैठकमा ओलीले नेपालबाट स्वास्थ्यलाभको शुभकामनासमेत नलिँदा तिक्तता बढेपछि प्रचण्ड, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले बीचैमा हस्तक्षेप गरेका थिए ।

‘उहाँ (केपी ओली)ले नै स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भन्दै फिर्ता गरिसकेपछि फेरि जबर्जस्ती घरमै पुगेर अहिले कस्तो छ भन्नु त्यति राम्रो हुने कुरै भएन,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘फेरि पुरानै कुरा दोहोर्‍याएर मैले उतिवेलै शुभकामना चाहिँदैन भनेको थिएँ, किन आउनुपर्‍यो, चासो राख्नुपर्‍यो भन्ने अमिलो जवाफ आयो भने के गर्ने ? त्यसैले उहाँहरूबीच संवाद हुन नसकेको हो ।’ १९ दिनदेखि संवाद टुटेपछि वरिष्ठ नेता नेपाल पनि पार्टीको सचिवालय बैठकमै आफ्ना कुरा राख्ने सोचमा छन् ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ