‘१२ बुँदे' समझदारीबारे माधव नेपालले गरे यस्तो खुलासा, नारायणकाजीको पेचिलो जवाफ

2019-09-09

काठमाडौँ - नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले जनआन्दोलनको आधार मानिएको सात दल र माओवादीबीचको १२बुँदे समझदारीको संयोजन आफूले गरेको दाबी गरेका छन् । तत्कालीन नेकपा (माओवादी) र संसद्मा प्रतिनिधित्व गर्ने सात दलबीच ०६२ मंसिरमा ‘निरंकुश राजतन्त्र अन्त्य’को उद्देश्यसहित १२बुँदे समझदारी भएको थियो ।

‘मैले नारायणकाजी श्रेष्ठलाई तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डलाई बोलाउन पठाएको हुँ, त्यसपछि उहाँहरू दिल्ली आउन सहमत हुनुभयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘कांग्रेस सभापति गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) लाई टेलिफोन संवादमार्फत (दिल्ली) बोलाएको हुँ ।’

दिल्लीमा १४ वर्षअघि भएको ऐतिहासिक समझदारीमा भारतको भूमिका रहेको विषयलाई भने नेपालले अस्वीकार गरेका छन् । उनले समझदारीका लागि भारतसँग कुनै परामर्श नगरिएको दाबी गरे । ‘हामीले १२बुँदे समझदारी गर्दा भारतसँग परामर्श गरेका होइनौँ,’ तत्कालीन नेकपा एमालेका महासचिव रहेका नेता नेपालले व्यंग्य गर्दै भने, ‘कसैले ट्वाइलेटभित्र गएर भारतसँग परामर्श गरेको भए (मलाई) थाहा छैन ।’

नेपालले माओवादी विद्रोहलाई शान्तिपूर्ण रूपान्तरण गर्नमा संसदीय पार्टीका तर्फबाट आफूले नै नेतृत्व गरेको जस लिँदै भने, ‘माओवादी समस्या समाधानका लागि मैले विदेशी प्रतिनिधिसँग पनि लामो परामर्श गरेको थिएँ । माओवादीसँग वार्ता गर्नुअघि श्रीलंकामा तत्कालीन लिट्टेसँग वार्ताका लागि मध्यस्थता गरेका नर्वेका प्रतिनिधिसँग मैले सन् २००२ मा लामो समय छलफल गरेको थिएँ ।’

लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल–भारत छिमेकका चारदशक मुख्य घटना’ पुस्तकको विमोचनमा बोल्दै नेपालले तत्कालीन माओवादीलाई समझदारीमा ल्याउन आफ्नो महŒवपूर्ण भूमिका भएको जिकिर गरे । उनले लेखक पन्तको पुस्तकमा रहेका तथ्यप्रति असन्तुष्टि जनाउँदै पुस्तक एकपक्षीय भएको टिप्पणीसमेत गरे ।

तत्कालीन नेकपा (एमाले)को महासचिवका हैसियतमा आफू, कांग्रेसका तर्फबाट प्रतिनिधि नेता कृष्णप्रसाद सिटौला र माओवादीका तर्फबाट नेता डा. बाबुराम भट्टराईले १२बुँदे समझदारीको पहिलो मस्यौदा तयार गरेको नेपालले बताए ।

कार्यक्रममा नेपाल र भारतबीच जनस्तरबाटै सम्बन्ध सुधार्नुपर्ने नेकपा स्थायी समिति सदस्य पम्फा भुसालले बताइन् । कार्यक्रममा नेकपा विदेश विभाग उपप्रमुख राम कार्की, नेताहरू सुरेश आलेमगरलगायतले पनि बोलेका थिए ।

मेरै पहल मुख्य थियो भन्दा माधवजीलाई नै फाइदा गर्दैन
नारायणकाजी श्रेष्ठ, प्रवक्त नेकपा
दिल्लीमा तत्कालीन सात दल र माओवादीबीच भएको १बुँदे समझदारीमा माधव नेपालविना पक्कै पनि सम्भव थिएन । गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) नभएको भए पनि त्यो सम्भव थिएन । उहाँ (नेपाल)ले पनि महत्वपूर्ण भूमिका खेल्नुभएको हो । तर, उहाँले मात्रै सबै भूमिका खेलेर १२बुँदे समझदारी भएको चाहिँ होइन । त्यो समझदारी कहाँ गर्ने भन्ने विषयमा नेताहरूबीच विवाद थियो ।

नेपालमै गर्ने कि दिल्लीमा गर्ने भन्ने प्रश्नमा निकै विवाद भएकै हो । अन्तमा सबैसँग सल्लाह गरेर दिल्लीमै गरौँ भन्ने समझदारी भयो । माधवजी मैरै कारणले दिल्लीमा धेरै दिन बस्नुपरेको थियो । त्यसमा सबै मुख्य नेताको भूमिका छ । अहिले यतिखेरै माधवजीले यो विषय किन उठाउनुभयो थाहा भएन । तर, ‘मेरो मात्रै पहलले १२बुँदे समझदारी भएको हो’ भन्दा उहाँलाई नै फाइदा गर्दैन ।

१२ बुँदे समझदारी भनेको तत्कालीन सात राजनीतिक दल र सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा –माओवादी) बीच ०६२ साल मंसिर ७ गते भएको सहमति–पत्र हो । यस समझदारीले ‘निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने’ लक्ष्य लिएको थियो ।


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ


पोखरा उच्च अदालतका न्यायाधीश बर्खास्त, यस्तो छ कारण !

काठमाडौं - क्षेत्राधिकार मिचेर मुद्दामा अन्तरिम आदेश दिएको सुनुवाइ आरोप लागेका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाटै बर्खास्त गर्ने निर्णय न्याय परिषद्ले गरेको छ। बिहीबारको

सीको भ्रमण फलदायी बनेको चिनियाँ उच्च अधिकारीको समिक्षा

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ। नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक

एमबिबिएस र बिडिएस अध्ययनको शुल्क बढाइयो

काठमाडौँ - चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस अध्ययनको शुल्क वृद्धि गरेको छ । अब एमबिबिएस पढ्न विद्यार्थीले उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय ५०

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौं - मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२

महराको स्वास्थ्य थप जटिल बनेपछि सिसियूमा सारियो

काठमाडाैं - संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ति करणी प्रयासको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएकाे छ। पक्राउ परेपछि

गुण्डा नाइके 'बाघे'सहित १८ बालुवा डिपोका सञ्चालक ठगीको अभियोगमा पक्राउ

काठमाडौं - गुन्डा नाइके ‘बाघे’ भनिने सन्देश लामासहित १८ वटा बालुवा डिपोका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको महानगरीय

सर्वोच्चको आदेशले झन्डै ३० हजार जनप्रतिनिधिले लिंदै आएको पारिश्रमिक रोक्का

काठमाडौं - स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ। २९

कुसुण्डा कसरी यताको समाजमा बिलिन भए ? ज्ञानीमैया कुसुन्डाको भोगाई अनि यात्रा यस्तो छ !

कुसुन्डा भाषा जान्ने दुईजनामध्ये एक हुन् दाङकी ज्ञानीमैया कुसुन्डा । ज्ञानीमैैया जंगलमै जन्मिइन्, जीवनको एक दशक जंगलमै बिताइन् । अहिले उनलाई एउटै चिन्ताले सताएको छ–