पुल नबन्दा गाउँलेको बिजोग, ५ वर्षदेखि निर्माण अलपत्र

2019-09-08

जाजरकोट- जाजरकोट सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःखकष्ट भोग्दै आएका छन्।

पाँच वर्षअघि यस खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन। यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरु बताउँछन्। 'पानी पर्नेबित्तिकै गाडी जाँदैन, कसरी मन शान्त होला र?,' नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण भएको पनि अहिले करीब ११ वर्ष बितेको छ। सडक कालोपत्र भएको पनि ४ वर्ष पुग्यो। पुल निर्माणका लागि ५ वर्षअघि नै ठेक्का सम्झौता भएको थियो।

तर, पासागाड खोलामा गलत डिजाइनका कारण ५ वर्षदेखि पुल अलपत्र परेको हो। सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको छ। परामर्शदाता कम्पनीले ७ लाख रुपैयाँ लागतमा पुलको डिजाइन बनाएको हो। दुई वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै सुरु भएको छैन। परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणकार्य हुननसकेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए।

पुल निर्माणका लागि ३ करोड रुपैयाँमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंले सडक विभागसँग सम्झौता गरेको थियो। पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा काम सुरु नभएको डिभिजन प्रमुख भट्टले बताए। उनका अनुसार सम्झौता अनुरुपको लागत र निर्माणकार्यको तालमेलसमेत मिलेको छैन।

प्राविधिकले तीन वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो। सडक विभागले फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल काम सुरु गर्ने कम्पनीले जनाएको छ।

आइएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अघि बढाउन लागिएको डिभिजन प्रमुख भट्टको भनाइ छ। दुई साताभित्र रि–डिजाइन स्वीकृतिका लागि विभागमा पेस हुने उनी बताउँछन्। स्टिमेट बदलिने तर ठेक्का नबदलिने उनको भनाइ छ।

यो पुल निर्माण नहुँदा जाजरकोट मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम र डोल्पालाई समेत असर गरेको छ। रासस/तस्बिर-आवाज नेपाल




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ